बेलडाँडी एमालेद्धारा आरोपित उपाध्यक्ष नाथलाई पार्टीको नियम विपरित संरक्षण गरेको भन्दै नेता मोहन गिरीलाई अनुशासनको डण्डा

बेलडाँडी । नेकपा एमाले बेलडाँडीद्धारा १६ लाखका आरोपित बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथलाई पार्टीको नियम विपरित संरक्षण गरेको भन्दै नेता मोहन गिरीलाई अनुशासनको डण्डा प्रहार गरेको छ ।

बेलडाँडी गाउँपालिका उपाध्यक्ष नाथलाई बेलडाँडी ३ कमरीमा रहेको जमुना गाईभैंसी पालन कृषक समूहका किसानहरुले १२ लाखको चेक र ४ लाख नगद मागेको आरोप लगाइरहेका छन् । आरोप लागेका नाथलाई नेकपा एमाले बेलडाँडीले सत्यतथ्य छानविन भई कार्वाहीको माग गरिरहेका बेला नेकपा एमाले बेलडाँडीका नेता मोहन गिरीले उपाध्यक्ष नाथलाई काम गरे बाफत चियापानी खर्च दिइदिनु न १२ लाख न ४ लाख दिनुपर्छ छप्की र भन्ने अडियो भिडियो सार्वजनिक भएपछि बेलडाँडी एमाले उनी माथी अनुशासनको डण्डा बजाउन बाध्य भएको एमालेले जनाएको छ ।

एमालेले सधै जनताको र पिडितको पक्षमा रहि आएको जनाउदै कहिले पनि गतलको साथ नदिने बताएको छ । उपाध्यक्ष नाथलाई बचाउन एमाले नेता मोहन गिरी पिडित रानाको घर गएर यो सबै आफुले सल्टाई दिने बचन दिएको कुरा बाहिरिएपछि उनी माथी अनुशासनको डण्डा बजाइदै स्पष्टिकरण सोधिएको छ ।

शुक्रवार एमाले गाउँकमिटी अध्यक्ष प्रेमराज खातीले हस्ताक्षर गरेको विज्ञप्तीमा यस्तो भनिएको छ ः उपरोक्त सम्बन्धमा यस बेलडाँडी गाउँपालिका वडा नं ३ मा रहेको जमुना गाईभैसी कृषक समुह र बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ विच चलिरहेको कमिसन लेनदेनको विषय विभिन्न अनलाईन तथा सामाजिक संजालमा व्यापक रुपमा आईरहेको र सो कुराको चौर्तफी विरोध भईरहेको कुरा सर्वविदितै छ ।
आज अचानक सोहि विषषयमा पश्चिम नेपाल लगायतका संचार माध्यममा अनलाईन खवरमा हाम्रो पार्टीका नेता क. मोहन गिरीले पनि सो विषयमा बोलेको र सो भाष्य बेलडाडी बासिका विपरित र पार्टी गाउँ कमिटिले सो विषयमा चालिरहेको कदमका विरुद्धमा रहेकाले आज नै क. मोहन गिरीलाई स्ष्टीकरण सोधि सकिएकोले हाम्रो पार्टी कमिसन माग्ने र भ्रष्टाचारी उपाध्यक्ष शान्ति नाथका विरुद्धमा सधै लडिरहने व्यहोरा समेत यसै विज्ञप्ती मार्फत सबै बेलडाँडी बासी जनसमुदायलाई जानकारी गराउदछौ भनेर जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित