क्षेत्र १ मा संघीय तर्फ एमाले प्रभावशाली नेता सुवेदीले पाए माछा चुनाव चिन्ह

बेलडाँडी,
कञ्चनपुर निर्वाचन क्षेत्र १ मा प्रतिनिधी सभा सदस्य तर्फ स्वतन्त्र उम्मेदवारी दिएका एमाले प्रभावशाली नेता खेम सुवेदीले माछा चुनाव चिन्ह पाएका छन ।

एमाले प्रभावशाली नेता सुवेदीलाई निर्वाचन आयोगले माछा चुनाव चिन्ह दिएको हो । एमालेमै क्षेत्र १(क)बाट भक्त बहादुर अधिकारीले बिजुलीको टिम र १(ख)बाट टेक बहादुर साउदले लालटिन चुनाव चिन्ह पाएका छन ।

एमाले सुदूरपश्चिम प्रदेश सदस्य तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष समेत रहेका सुवेदीले आफ्नै पार्टीका आधिकारिक उम्मेदवार तारालामा तामाङ्ग बिरुद्धमा बागी उम्मेदवारी दिएका छन ।

उक्त निर्वाचन क्षेत्रमा एमालेबाट सुवेदी ०५१, ०६४, ०७०, ०७४ र ०७९ मा सिफारिस हुने तर टिकट नदिदा उनी निकट एमाले नेता कार्यकर्ताको बलजोडमा सुवेदी यस पटक स्वतन्त्र उम्मेदवारी दिएका छन । ईमान्दार नेताका रुपमा रहेका सुवेदीले स्वतन्त्र उम्मेदवारी दिएसंगै एमाले लगायत अन्य पार्टीका नेता कार्यकर्ता समेत हर्षित भएका छन ।

एमाले नेताहरुले सुवेदीमाथि घात भएको भन्दै यस पटकको निर्वाचनमा साथ दिने बताईरहेका छन । एमाले सुवेदी पक्षधरका नेताहरुले पार्टीमा चरम अवसरवादीलाई टिकट दिएको भन्दै संघ तर्फको परिमाण उल्टाउने चेतावनी दिदै एमाले स्वतन्त्र(बागी) उम्मेदवारकै पक्षमा मत मागिरहेको स्रोतको दावी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित