कञ्चनपुर, असार १८ । कञ्चनपुरका विद्यार्थीसंग सर्टिफिकेट ईन होटल म्यानेजमेन्ट(सिएचएम) कोर्ष बारे छलफल गरिएको छ । महेन्द्रनगरको देवल टेक्निकल ईन्सिच्युट प्रालि र भारतको जिग्यासा विश्वविद्यालयविच सर्टिफिकेट ईन होटल म्यानेजमेन्ट(सिएचएम) कोर्ष बारे छलफल गरिएको हो ।
माध्यामिक शिक्षा परीक्षा(एसइई) उर्तिण गरेका विद्यार्थी लगायतका विद्यार्थीसंग छलफल गरिएको देवल टेक्निकल ईन्सिच्युट प्रालि जनाएको छ । देवल टेक्निकल ईन्सिच्युट प्रालिका प्रबन्ध निर्देशक हिम्मत बुढाले विपन्न गरिब विद्यार्थीका लागि सर्टिफिकेट ईन होटल म्यानेजमेन्ट(सिएचएम) कोर्ष बारे छलफल अभिमुखिकरण गरिएको बताए । उनका अनुसार देवल टेक्निकल ईन्सिच्युट प्रालि र भारतको विश्वविद्यालयविच सहकार्य भएको छ ।
जिग्यासा विश्वविद्यालयका तर्फबाट निर्देशक राज कुमार मिश्रा, होटल म्यानेजमेन्टका डीन सुबोध चौधरी, देवल टेक्निकल ईन्सिच्युट प्रालिका तर्फबाट निर्देशक हिक्मत बुढा, प्रिन्सिपल निरज चन्दले सर्टिफिकेट ईन होटल म्यानेजमेन्ट(सिएचएम) बारे जानकारी गराएका थिए ।
‘यहाँका विद्यार्थीलाई हामीले उता अध्ययनका लागि पठाउँछौँ, ‘उनले भने, ‘धेरै सुपथ मुल्यमा कोर्ष अध्ययन गराईन्छ, यसबाट सीपको विकासदेखि बेरोजगारलाई रोजगारी दिलाईन्छ ।’ पुर्व संसद निरुदेवी पालको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।
Discussion about this post