क्षेत्र २ माओवादीका नेता कार्यकर्ताको संकल्प प्रतिगमन परास्थ पार्न बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउँने घोषणा

55
VIEWS

कञ्चनपुर,
कञ्चनपुर निर्वाचन क्षेत्र २ का नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले एक जुट भएर प्रतिगमन परास्थ पार्नका लागि बाम लोमतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने प्रतिबद्धता जाहेर गरेका छन ।

बिहीबार कृष्णपुरमा नेकपा माओवादी क्षेत्र निर्वाचन क्षेत्र २(क) प्रादेशिक निर्वाचन समन्वय समितिको बैठक, भेलामा बोल्ने अधिकाँस नेताहरुले एक जुट भएर प्रतिगमन परास्थ पार्नका लागि बाम लोमतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने प्रतिबद्धता जाहेर गरेका हुन ।

नेकपा माओवादी केन्द्र कृष्णपुरका अध्यक्ष जोगराज चौधरीले बैठक, भेलामा माओवादी नेता नेता कार्यकर्ताहरुले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि खटिने बताएका छन । बाम गठबन्धनका तर्फबाट क्षेत्र २प्रतिनिधी सभा सदस्य एनपी साउद, प्रदेश २(क) ओम विक्रम भाट.(सरल) र २(ख) बहादुर थापालाई जिताउनका लागि आ–आफ्नो क्षेत्रबाट खटिने घोषणा गरेका छन । बाम गठबन्धनका तर्फबाट क्षेत्र २(क)का उम्मेदवार ओम विक्रम भाट(सरल)ले पार्टी र जनताको चाहना अनुरुप काम गर्ने सकल्प गरेका छन ।

भने कार्यक्तमका प्रमुख अथिति समेत रहेका माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य तथा संविधान सभा सदस्य देवीलाल चौधरीले एक ढिक्का भएर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने माओवादी सबै नेता कार्यकर्ताको काँधमा जिम्मेबारी आएकाले चुनावमा खटिन निर्देशन समेत दिनुभयो ।

माओवादी केन्द्र क्षेत्र २(क)का संयोजक अब्कल बहादुर बोहराको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य देवीलाल चौधरीको प्रमुख आथित्यमा भएको थियो । मनोनयन दर्तासगै क्षेत्र २मा माओवादी र काँग्रेसले निरन्तर चुनावी गतिबिधी गरिरहेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार