बेलडाँडीको चौधर नदी गाउँ पस्दा उद्धार टोलीसहित बेलडाँडी पुगे प्रदेश सदस्य बिष्ट, उद्धार गरिदै

कञ्चनपुर, २४ असार । कञ्चनपुरको ठुलो नदीको रुपमा रहेको चौधर नदी गाँउ पस्दा उद्धारटोली सहित प्रदेश सदस्य दिवान सिंह बिष्ट बेलडाँडी पुगेका छन् । डुवान क्षेत्रको अनुगमन गर्दै बिष्टले तत्काल बाढी प्रभागित क्षेत्रमा उद्धार टोली परिचालन गरेका छन् ।

राती १ बजे देखि उद्धार कार्यमा रहेका बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले उद्धारका लागि प्रदेश सदस्य बिष्टलाई सहयोग मागेका थिए । चौधर नदी गाउँपस्ने पक्का भएपछि राना लगायत समाजसेवी अभिमान थापाले गाउँका बृद्ध,बालबालिका, महिला लगायतलाई बेलडाँडी डाडा गौडी पुर्याउने कार्य गरेका थिए । राती १ बजेदेखिनै अध्यक्ष रानालाई बेलडाँडीका समाजसेवी तथा एमाले नेता अभिमान थापाले साथ दिइराखेका थिए ।

बाढीका कारण कुनै मानविय तथा धनजनको क्षति नहोस् भन्ने उदेश्यले संविधान सभा सदस्य तथा प्रदेश सदस्य बिष्ट नेपाली सेना, सशस्त्र प्रहरीको उद्धार टोली लिएर बेलडाँडी पुगेका हुन् । अहिले उद्धारटोली बस्ती पसेको छ । उच्च सर्तकताका साथ टोली परिचालन गरिएको बिष्टले जानकारी गराउनु भयो ।

उनका अनुसार जिल्ला प्रमुख संग समन्वय गर्दै त्यस्तै स्थिति देखिए हेलिकप्टर समेत परिचालन गर्न सकिने बताउनु भयो । हामीले समाचार तयार पार्दा सम्म १ घर बगाएको जानकारी प्राप्त भएको छ । घरमा बस्ने समयमै डाडा तर्फ निस्केका थिए । बाढीको प्रभाव बेलडाँडी गाउँपालिका २,३,४,५ र बेलौरीका ८ र १० नं.वडामा असर परेको छ ।

चार दिनदेखिको लगातार भारी बर्षाका कारण चौधर नदीको सतह बढेर गाँउ पसेको हो । माछा मार्नका लागि नदीपारी गएका बेलडाँडी गाँउपालिका ३ वैवाहका २३ बर्षिया युवक डम्बर चौधरी अझै वेपत्ता भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित