चौधर नदीका कारण बनेका बाढी पिडितलाई दाताहरुद्धारा खाना सहयोग

बेलडाँडी । लगातार बर्षाका कारण आएको बाढी र बाढीका कारण विस्तापित बनेका बेलडाँडी गाउँपालिका वडा नं.५ इमलीयाका बाढी पिडितलाई दाताहरुले निरन्तर खाना खुवाउने कार्यक्रम गर्दै आएका छन् । बाढी बाट प्रभावित घर फर्कन नस्कनेहरुलाई खाना खुवाने व्यवस्था गरेको छ ।

बेलडाँडी गाउँपालिकाको समन्वय र एसिटी, अक्सफाम र निड्स नेपालको सहयोगमा बाढीबाट विस्थापित घर परिवालाई खाना सहयोग कार्यक्रम गर्दै आएको स्कोप आर थ्री परियोजनाका सामाजिक परिचालक जानकी शाहीले जानकारी गराउनु भयो । बाढी आएको दिन देखि बेलडाँडी वडा नं.२ मा रहेको मोडेल चाइल्ड केयर स्कुलले बासको व्यवस्था मिलाईदिएको छ भने खानाको व्यवस्था पालिका र दाताहरुले गरिराखेका छन् ।

उहाँका अनुसार बेलडाँडी गाउँपालिकामा २४ गते चौधर नदी गाउँपस्दा आएको बाढीका कारण विस्तापित परिवारलाई घरमा बस्ने वातावरण नबनुन्जेल सम्म सबैले हातेमालो गर्दै सहयोग गर्नुपर्ने बताए ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बेलडाँडी गाउँपालिकाको बाढी ग्रस्त स्थानको स्थलगत अनुगमन गर्दै तत्काल बाढीका कारण घर नष्ट भएकाहरुको अवस्थालाई मध्यनजर गर्दै गास र वासमा जोड दिनु पर्ने अवस्था देखिएको बताए । विपद उद्धार कार्यमा सबैले हातेमालो गरेर अघिबढ्नु पर्नेमा वहाले जोड दिदै भन्नु भयो ‘हामीलाई जिम्मेवारी तोकिदिए त्यस अनुसारको कार्य गर्न हुन्थ्यो, एकद्धार प्रणालीले बाढी पिडित भोकै बस्ने स्थिति श्रजना भएको बताउनु भयो ।’

पालिका प्रमुख हरिशचन्द्र रानाले विपदको बेला सबैपक्षले हातेमालोग गरेर अघि बढिरहेको जनाउनु भयो । बाढीका कारण चौधरको मुख्य धारमा परेका घरहरुका नागरिकलाई पालिकाले उच्च प्राथामिकताका हिसावले हेरेको बताउदै पालिकाले सक्दो सहयोग गरिरहेको जनाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित