बेलडाँडी । कञ्चनपुर कैलालीमा नाइरोबी फ्लाई किराले आतङ्क मचाएको छ । अस्पतालहरूमा किराका कारण भएको समस्यासहित आउने बिरामीहरुको सङ्ख्या बढेको छ । कैलाली कञ्चनपुरका निजी तथा सरकारी अस्पतालहरूमा दैनिक किराका कारण छालामा भएको समस्यासहित बिरामीहरू पुग्ने गरेका छन् ।
चिकित्सकका अनुसार मानिसको शरीरमा किराको सम्पर्कपछि रसायन निस्किन्छ । रसायनका कारण मानिसको छालामा फोका हुने तथा पाक्ने हुन्छ । किराको सम्पर्कबाट बच्न चिकित्सकले आग्रह गरेका छन् । चिकित्सकले किरालाई हातले नछुने, लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्ने, झुलक प्रयोग गर्ने, झ्याल र ढोकाहरू बन्द गर्ने र वातावरण सफा राख्न भनेका छन् । किराको सम्पर्कमा आएका बिरामीहरूले छालालाई धुने तथा चिकित्सकको सुझाव अनुसार औषधीको प्रयोग गर्न भनिएको छ ।
Discussion about this post