मनकारी बेलडाँडीका थापाद्धारा बाढी पिडितलाई खाद्यान्न सहयोग

बेलडाँडी, २९ असाढ । बेलडाँडीका मनकारी थापाले चौधर नदीका कारण बनेका बाढी पिढितहरुलाई खाद्यान्न सहयोग गरेका छन् । बेलडाँडी २ का मनकारी युवा समाजसेवी गजेन्द्र थापा (ग्याबी) ले बेलडाँडी ५का बाढी पिडितलाई खाद्यान्न सहयोग गरेका छन् ।

थापाले आज एक कार्यक्रमका वीच उनीहरुलाई सहयोग गरेका हुन् । बाढीका कारण विस्तापित बनेका ८० परिवारलाई सनिवार कञ्चन सामुदायिक विकास केन्द्रको समन्वयमा थापाले चामल, दाल, तेल, नुन, सोयाविन, सावुन, चाऊचाउ लगायतका खाद्यान्न सामग्री पिडितहरुको हातमै दिएको मनकारी सहयोगी युवा गजेन्द्र थापा (ग्याबी)ले बताएका छन् । बाढीका कारण भण्डारण गरेर राखेको अन्नबाली बाढीले बगार्ई दिएपछि उनीहरुलाई छाकटार्न मुस्किल भएका बेला मनकारी थापाले मलम लगाइदिने कार्य गर्दा उनीहरु हर्षित भएका थिए ।

थापाले आपत विपदका बेला सबैले सहयोग गरुन भन्ने उदेश्यले आफुले शुरुवात समेत गरिदिएको बताउनु भयो । बाढीका कारण बेलडाँडी गाउँपालिका भरी बाढी तथा डुवानले १५ सय भन्दा बढी परिवार प्रभावित भएको अनुमान गरिएको छ ।

विनाषकारी रुपमा आएको बाढीबाट बच्न पालीका अध्यक्ष हरिशचन्द्र रानाले बाढी आउनु भन्दा पुर्व सबैलाई बिउझाउदै डाडा तर्फ लगेका थिए । यदी अध्यक्षले त्यस्तो नगरिदिएको भए आज बेलडाँडी गाउँपालिकाले ठुलो मानवीय क्षति समेत बेर्होनु पर्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित