लाल बहादुर एस के/पुनर्वास ,कंचनपुर । राष्ट्रिय युवा संघ नेपाल पुनर्वास नगर कमिटीले आयोजना गरेको वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल पुनर्वास नगर कमिटीले आयोजना गरेको वृक्षरोपण कार्यक्रम उद्घाटन समारोह लाई कार्यक्रमकि प्रमुख अतिथि शारदा विष्ट धामिले कार्यक्रम सम्बोधन गर्दै युवा संघले राखेको वृक्षारोपण कार्यक्रमले आफ्नो ठाँउलाई हरियाली र रमणीय बनाउन मद्दत पुग्ने बताउदै स्वच्छ वातावरणमा समेत सहयोग पुग्ने बताउनुभयो । यस्ता कार्यक्रम लाई थप प्रोत्साहन गर्नुपर्ने बताउदै आयोजक लाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको ” भन्ने संगठनको नारालाई आत्मसाथ गर्दै राष्ट्रिय युवा संघ नेपाल पुनर्वास नगर कमिटीले ” एक युवा पाँच विरुवा” भन्ने मुल नाराका साथ पुनर्वास नगरपालिका वडा नम्बर -२ र सहिद गोविन्द गौतम स्मृति पार्कमा विभिन्न किसिमका वृक्षरोपण गरिएको हो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमालेका कंचनपुर जिल्ला कमिटी सचिवालय सदस्य तथा पुनर्वास नगर इन्चार्ज आर.पि सार्कीले अबको समय भाषण भन्दा पनि सामाजिक कामले मात्र जनताको मन जित्न सकिने धारणा राख्दै उहाले जनताको सुखदुःख मा राष्ट्रिय युवा संघ परिचालित हुन आग्रह गर्नुभएको छ ।
नेता सार्किले वृक्षरोपण गर्नु मात्रै ठुलो कुरा नभई वृक्षरोपण गरिएका ठाँउ मा वोटविरुवाहरुलाई संरक्षण गर्नु पनि हामी सवैको दायित्व रहेको बताउनुभयो । नेता सार्कीले युवाहरू अब जागुरुप भइ सामाजिक र राजनैनिक क्षेत्रहरुमा नेतृत्वदायी भुमिकामा रहेर अगाडी बढ्नु पर्ने बताउदै युवासंघले आज गरिएको वृक्षारोपण कार्यक्रम समाज र समुदायको हितको निम्ति उदाहरणीय रहेको बताउभएको छ ।
कार्यक्रमका अतिथी राष्ट्रिय युवा संघ नेपालका जिल्ला कमिटी उपाध्यक्ष अशोक सार्कीले अहिलेको बढ्दो जलवायु परिवर्तन लाई न्यूनीकरण गर्न बोटबिरुवा रोप्नु र जर्गेना गर्नु आवश्यक रहेको बताउदै वृक्षरोपणका कार्यक्रमले पर्यावरण संरक्षणमा सहयोग पुर्याउने बताउनुभयो ।
यसैगरी कार्यक्रममा नेकपा एमाले नेतृ पुर्णा कुमारी गुरुङ , नेकपा एमाले पुनर्वास नगर कमिटीका अध्यक्ष रामसिंह विष्ट , नगर कमिटी सचिव रुपेश खराल , नगर कमिटी उप सचिव मान बहादुर थापा ,उप सचीव शान्ति कुवर
वडा नम्बर २का वडा अध्यक्ष डम्बर बहादुर थापा , वडा नम्बर ४ की वडा सदस्य सर्मिला श्रेष्ठ , अनेरास्ववियु जिल्ला उप सचीव नन्दराज जोशी ,युवा संघ नेपाल कंचनपुर जिल्ला कमिटी सदस्य एवम् पुनर्वास नगर इन्चार्ज जितेन्द्र भण्डारी, र आमन्त्रित अतिथि नेकपा माओवादी केन्द्र नेता एवं पुर्व अध्यक्ष सन्त कुमार चौधरी , रास्वपाका नेता राजेन्द्र बहादुर साउद , तेज बहादुर चन्द , सरस्वती युवा क्लबका अध्यक्ष धिरज चन्द , नेकपा एमालेका नेता कार्यकर्ता शुभचिन्तकको आतिथ्यता रहेको थियो ।
भनेराष्ट्रिय युवा संघ नेपाल पुनर्वास नगर कमिटी का अध्यक्ष राम रोकायको अध्यक्षता सम्पन्न उक्त वृक्षरोपण कार्यक्रममा ३ सय थान विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ । कार्यक्रम संचालक युवा संघका नगर कमिटी सचीव कृष्ण प्रसाद भुसालले गर्नुभएको थियो ।
Discussion about this post