काठमाडौँ :
प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत पीएसओ को जिम्मेवारी डीएसपी नवीन कार्कीले पाएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट कार्की बालुवाटारस्थित प्रधानमन्त्रीको सुरक्षा कार्यालयमा सरुवा भएका छन् ।
इन्स्पेक्टर माधव केसीलाई पनि प्रधानमन्त्रीको सुरक्षा अधिकृतमा सरुवा गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट उनी बालुवाटार स्थित प्रधानमन्त्री सुरक्षा कार्यालयमा सरुवा भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानमा डीएसपी केशर न्यौपानेलाई सरुवा गरिएको छ । न्यौपाने यसअघि जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत थिए ।
Discussion about this post