बेलडाँडी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । बुधबार साँझ भीमदत्त नगरपालिका–४ स्थित भाँसीमा म १ प ११४५ र म २ प ७६७१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा तत्कालीन बेलडाँडी,रौतेली विचवा गाविसका सचिव तथा हाल शुक्लाफाँटा नगरपालिकाका कर्मचारी रुद्र बहादुर ओलीको मृत्यु भएको हो ।
ओली शुक्लाफाँटा नगरपालिका–५ बनसमिति निवासी हुन । दुर्घटनामा परि भीमदत्त नगरपालिका–६ का ५२ वर्षीय हरिदत्त जोशी घाइते भएका छन् ।
महेन्द्रनगरबाट पूर्वतर्फ गइरहेका दुबै मोटरसाइकल आपसमा ठोक्किदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Discussion about this post