एमालेद्धारा बेलडाँडीमा आज अगुवा कार्यकर्ता भेला गरिदै

77
VIEWS

बेलडाँडी,
मंसिर ४ लाई लक्षित गर्दै आज बेलडाँडीमा नेकपा एमालेद्धारा अगुवा कार्यकर्ता भेला गरिदै छ । आफ्ना उम्मेदवारलाई कसरी सफल बनाउने भन्ने रणनितिका साथ आज दिउँसो ३ बजे कालिकिच सिंचाइ घरमा अगुवा कार्यकर्ता भेला आयोजना गरिन लागेको एमालेले जनाएको छ ।

यस क्षेत्रबाट विकासको अवसर पाई सकेका नेताहरुले अझ जनतलाई झुक्याउदै भोट माग्न फेरी बिरालोको तालमा आउन लागेकाले जनतालाई अव एमालेले सचेत गराइ यस्ता विकास नगर्ने गफ पहाडै पल्टाए जस्ता भाषण दिनेलाई चिनाइदिनु पर्नेमा एमालेको जोड छ ।

यस अघि एमालेले यस क्षेत्र बाट अन्य पार्टीका नेताहरुलाई ठुलो सम्मानका साथ विजयी गराएको स्मरण गराउदै त्यसको परिणाम जनताले शुन्य पाएको छर्लङ्ग देखिए पश्च्यात यस्ता उम्मेदवारलाई एमालेले चिनिसकेको र अव जनतालाई समेत चिनाई दिनुपर्नेमा कार्यक्रम केन्द्रित रहने जनाइएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार