एमाले बेलडाँडीको सम्पर्क कार्यालय स्थापना, विदेशी शक्तिको आडमा एमालेलाई पराजित गर्न गठवन्धन ः सह-इन्चार्ज बोहरा

बेलडाँडी,
मंसिर ४ लाई लक्षित गर्दै नेकपा एमाले बेलडाँडीले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ ।

आज एक समारोहका वीच कञ्चनपुर सह-इन्चार्ज तथा नेकपा एमाले केन्द्रिय सदस्य कमला बोहराको प्रमुख आतिथ्यमा बेलडाँडीको चवन्नी वजारमा कार्यालय उदघाटन गरिएको बेलडाँडी एमालेले जनाएको छ । अन्य ठुला पार्टी हुँ भन्ने उम्मेदवारलाई जनताले अजमाइसकेकाले यो देशको रक्षा विकास सुशासन कायम एमालेले गर्ने भएकाले एमालेका उम्मेदवारहरुलाई जिताउन आवहान गर्नु भयो ।


बोहराका अनुसार विदेशी शक्तिको आडमा एमालेलाई पराजित गर्न गठवन्धन निर्माण भएको बताएका छन् । नेकपा एमालेलाई हराउन विदेशीहरु लागेको बताउँदै नेकपा एमाले नेतृत्वको सरकारले आफ्नो भु–भाग समेटेर चुच्चे नक्सा निकालेपछि रुष्ट्र भएको विदेशी शक्तिले एमाले सरकार ढाल्दै एमालेको नामोनिसा यो देशबाट मेटाउन खोजिरहेको जनाए ।

कुनै समय एक अर्काको टाउको काटन तम्सने माओवादी र कांग्रेसको सत्ता गठवन्धन के कारणले भयो भन्ने प्रश्नको जवाव जनताले बुझिसकेको भन्दै राष्ट्रियता पक्षधरलाई कमजोर पार्न विदेशी शक्तिले कांग्रेस–माओवादीको प्रयोग गरेको बताए । अहिले अन्य दलकाले यहाँको सबै विकास आफुहरुले गरेको हौँ भन्ने भ्रम छर्नेकाम भएको बताउदै सच्चा के हो थप जनतालाई बुझाइदिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा केन्द्रिय सदस्यत कमला बोहरा, क्षेत्र नंं.१ प्रतिनिधी सभा सदस्यका उम्मेदवार तारालामा तामाङ, प्रदेश सभा सदस्य ख का उम्मेदवार पल्लब राज भट्ट, सामुनपातिक उम्मेदवार कमला चौधरी, प्रदेश कमिटि सदस्य धन बहादुर थापा क्षेत्री,अभिमान थापा,बलदेब बुडाल,  कमला कार्की , जिल्ला सचिवालय सदस्य अक्कल बहादुुर बिष्ट, भीम बहादुर थापा, शेर सिह पुजारा, कमल रोकाया, लक्ष्मी भट्ट, विर बहादुर बिष्ट लगायत विभिन्न तप्काका नेता कार्यकर्ताको उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित