गठवन्धनका उम्मेदवार मगरको गठवन्धन भित्रै चर्को आलोचनाहुन अझै रोकिएन, भन्छन् के आधारमा भोट दिने ?

बेलडाँडी,
कञ्चनपुर क्षेत्र नं.१ प्रतिनिधी सभा सदस्यका लागि लोकतान्त्रिक बाम गठवन्धनका साझा उम्मेदवार विना मगरको चर्को आलोचना हुन अझै रोकिएको छैन् । गठवन्धन भित्रका नेता कार्यकर्ताहरु मगरले ५ बर्षमा कुनै सिन्को नभाचेको आरोप लगाउदै उनका लागि भोट माग्न र दिन नसकिने प्रतिक्रिया जनाउदै आएका छन् ।

नेपाली कांग्रेसले गठवन्धनका उम्मेदवारको विपक्षमा कुनै आलोचना गर्न र विपक्षी उम्मेदवारलाई टेवा पुग्ने गरी सामाजिक सञ्जालमा समेत लाइक कमेन्ट समेत नर्गन निर्देशन सहित विज्ञप्ती निकाल्दा समेत अझै आलोचना रोकिएको छैन् । गठवन्धन भित्रका नेता कार्यकर्ता मात्र नभएर यस क्षेत्रका आम सचेत तप्काहरुले उनको विगतको कार्यशैलीको कडा आलोचना गरिरहेको छन् । निर्वाचन आचारसंहिताले धेरै विषमा प्रतिवन्ध लगाएपनि उनी प्रति सचेत तप्काको अक्रोस भने रोकिएको छैन् ।

 जस्ताको त्यस्तै

कंचनपुर क्षेत्र न १ मा कमरेड बिना मगरको काम शुन्य रहेको छ ।
मैले प्राए वडा घुम्दै गर्दा र गरिब बुढापाखाहरु संग बसेर कुरा गर्दापनि बिना मगरसंग निरास हुने धेरै देखिरहेको छु ।
७० मै भएका ग्राइभेल का बाटोघाटो हरु कालो पत्रे भैसकेको छैन ।
मुख्य बजार हरु अगाडि खाल्टाहरु छन कच्ची बाटो छ ।
३.५ बर्ष क्याबिनेट कै बढि दुई तिहाईको शक्तिशाली मन्त्री बस्दा आफ्नो क्षेत्रका जनतालाई दुषित पानी पिलाउने बिना मगर कुन आधारमा यस क्षेत्र बाट फेरि भोटको अपेक्षा गर्दैछिन??

कमरेड बिना मगर नेतृत्वको मन्त्रालय सबैभन्दा भ्रष्टाचार गर्ने मन्त्रालय अन्तर्गत रह्यो।
इमानदार संग काम गर्नेहरुलाई सरुवा गरेर दुख दिने काम गरिन।

अबसर पाएर पनि काम नगर्नेहरुलाइ गठबन्धन कै आधारमा मत दिनु भनेको क्षेत्रका जनता लाई फेरि अन्धकारमा राख्नु हो।माओवादी केन्द्रले इमानदार उमेदवार उठाउनुपर्ने हो।प्रचण्डकि बुहारिको नाम मा जनतामाझ रजाई गर्न खोज्नेलाई पाखा लाउनुपर्छ।

असफल ब्यक्ति पुन जनताको प्रतिनिधि कसरी हुन सक्छ??
हामी हाम्रो क्षेत्रमा बिकास चाहन्छौ।
कंचनपुर क्षेत्र न १ भनेको उद्योगहरु संचालन हुने क्षेत्र पनि हो।यश क्षेत्रको उद्योग ब्यबस्थापनको लागि बिना मगरको भुमिका शून्य रह्यो

भ्रष्टाचार गर्नमा मात्र केन्द्रित रहिन।
उच्च गर्मी हुने क्षेत्र त्यसमाथि पनि धुलोधुवा रहिरहदा पानी पनि स्वच्छ नहुदा मानिसहरुमा त्ख् जस्ता क्षयरोग धेरै देखा पर्ने गर्छन।धुलो हरु रोक्न कालोपत्रे सम्म गरिनन बिना मगरले।
आफू जित्न करोडौं खर्च गर्ने सांसदले जितेपछी आफ्नो पैसा असुल गर्न राज्यको ढुकुटी भ्रस्टाचार गरि रित्याउने हो।
देशको अर्थतन्त्र कमजोर भइ बर्तमान अवस्थाको जस्तो हालत हुन्छ।
बिना मगरमा न कुनै भिजन छ न कुनै मिसन न त कुनै ५ बर्षमा काम गरिन न त कुनै ५ बर्षे भाबी योजना बिकासका पुर्बाधार नै छन।

राना चौधरी समुदायका दाजु भाई दिदी बहिनिहरुमा हार्दिक अपिल गर्दछु।यो पाली हामिले हाम्रो क्षेत्रको भबिस्य हेर्नुपर्छ बिना मगर को होइन।
बिना मगरको मत पाउने आधार चाहिँ के हो यस क्षेत्रबाट??
बिना मगर जस्ता अयोग्य र असफल ब्यक्ति सांसद हुनाले नै सक्षम र योग्य सांसद पनि बदनाम हुने गर्छ।सदन भित्र भिजन र मिसन भएको सांसदका लागि काम गर्न नदिने बाधक बन्छन।

पार्टी प्रतीको जनभावना पनि जनतामाझ बाट हराएर जाने र जनतामा बितिस्रणा उत्पन्न हुने गर्छ।
सांसदको भुमिका ५ बर्ष सम्म शून्य रह्यो।
बिना मगर फेल मन्त्री हुन।

अघिपछि ठुला कुरा गर्ने युवाले आफ्नो क्षेत्रको प्रतिनिधि लाई बिकासका पुर्बाधार माग्ने हैसियत चाहिँ राख्न सक्नुपर्छ।
जय नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित