बेलडाँडीका खेलकुदप्रेमी युवाहरुद्वारा फुटबल प्रतियोगिताका लागि आर्थिक सहयोग

केशव थापा,कञ्चनपुर । आजदेखि बेलडाँडी गाँउपालिका १लल्लरेडाँडा गौरा मन्दिर क्षेत्रमा हुने सातौँ खुला फुटबल प्रतियोगिताका लागि थुप्रै बेलडाँडीका युवाहरुले आर्थिक सहयोग गरेका छन ।

सुदूरपश्चिमेलीहरुको महानपर्व गौराको अवसरमा हरेक बर्ष बेलडाँडी गाँउपालिका १ कालिका टोल लल्लरेडाँडा स्थित गौरा मैदान क्षेत्रमा हुने फुटबल प्रतियोगिता सफल पार्नका लागि युवाहरुले आर्थिक सहयोग गरेका छन ।
बेलडाँडी घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरिया, अष्टे«लिया सहितका मुलुकमा काम गर्दै आएका युवाहरुले आर्थिक सहयोग गरेका हुन ।

अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरले प्रतियोगिता सम्पन्न गर्नका लागि कोरियामा रहेका फुटबल खेलाडी समेत रहेका भोज बहादुर चन्दले ४ हजार, अस्ट्रेलियामा रहेका चक्र बहादुर शाहले ७ हजार १सय, कोरियामै रहेका जगत सिह ठकुरीले ३ हजार, नरेन्द्र सिह ठकुरीले ५ हजार, पुर्व खेलाडी पारस सिहले २ हजार ५२५रुपैया आर्थिक सहयोग गरेका हुन ।

अल स्टार युवा क्लबले आजदेखि बेलडाँडी गाँउपालिका १ कालिका टोल लल्लरेडाँडा स्थित गौरा मैदान क्षेत्रमा सातौँ खुला फुटबल प्रतियोगिता ०८१ आयोजना गरेको छ । यस बर्ष प्रतियोगिता स्र्पोन्सर नपाएपछि आर्थिक संकटमा परेको छ ।

क्लबले स्वदेश तथा विदेशमा रहेका बेलडाँडीबासीलाई आर्थिक सहयोगका लागि अपिल गरेको छ । ग्रामिण भेगको खेलकुद बृद्धि विकासका लागि हरेक गौरा पर्वका बेला प्रतियोगिता आयोजना गरिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित