भारतको उत्तराखण्डस्थित रूद्रप्रयाग जिल्लामा पहिरोमा पुरिएर चितवनको माडीका तीन जनाको मृत्यु भएको छ।
बिहीबार राति साढे १ बजेतिर झरेको पहिरोमा पुरिएर त्यहाँ मजदुरको रूपमा कार्यरत नेपालीहरूको मृत्यु भएको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले पहिरोमा परेर माडी(२ सितलपुरका तुलबहादुर दमै, माडी(१, भङ्गताका कृष्णबहादुर परियार र माडी(५, छरछरेका अन्दाजी २८ वर्षीय पूर्णबहादुर नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको बताएका छन् ।
उनीहरू केही महिनादेखि सडक निर्माणका लागि मजदुरका रूपमा कार्यरत थिए। प्रमुख जिल्ला अधिकारी यादवले गृह मन्त्रालयमार्फत भारतीय दूतावाससँग समन्वय गरेर शव नेपाल ल्याइने बताएका छन् ।
Discussion about this post