बेलडाँडी, १० भाद्र । बेलडाँडी गाउँपालिकाले नव बेलडाँडी खेलकुद समितिलाई बधाई तथा शुभकामना दिएको छ । आज सोमवार १० गते पालिकाले एक कार्यक्रमको आयोजना गर्दै समितिलाई बधाई तथा शुभकामना दिदै पालिका प्रमुख हरिशचन्द्र रानाले खेलकुद क्षेत्रमा समावेशी तरिकाले काम गर्न निर्देशन समेत दिएको अध्यक्षको सचिवालयले जनाएको छ ।
हिजो मात्र जिल्ला खेलकुद समितिद्धारा बेलडाँडी खेलकुद समितिको अध्यक्षको सपथ लिएका डम्मर बहादुर सुनारले गणेश बहादुर बिष्ट, जमुना सिंह र धिरेन्द्र बहादुर शाहलाई सपथ खुवाएका थिए । लामो समय देखि निकास नपाएको खेलकुद समितिले नयाँ नेतृत्व पाएपछि खेलकुद क्षेत्रमा विकास हुनेमा अध्यक्ष रानाले विश्वास व्यक्त गर्नु भयो ।
नव नियुक्त अध्यक्ष सुनारले बेलडाँडी खेलकुद क्षेत्रको विकासका लागि आफु लागि पर्ने बताउनु भयो । उनले भने सबै प्रकारका खेललाई प्राथामिकताका साथ अघि बढाउने बताउदै खेलकुद विकासको लागि सबैपक्षको साथ सहयोग चाहिने जनाउनु भयो ।
हिजो कञ्चनपुर जिल्ला खेलकुद समितिको बसेको बैठकले सुनारलाई अध्यक्षमा नियुक्त गरेको थियो । सुदूर पश्चिम प्रदेश खेलकुद नियमावली २०७७ को परिच्छेद ३ (७ ग) मा व्यवस्था भए अनुशार कञ्चनपुर जिल्ला खेलकुद समितिको मिति २०८१।०५।०९ गते को निर्णय अनुशार डम्बरलाई बेलडाँडी गा.पा. को गाउँ खेलकुद समितिको अध्यक्ष पदमा ४ (चार) वर्ष का लागी मनोनित गरिएको व्यहोरा जानकारी गराइएको थियो ।
समितिका निवर्तमान अध्यक्ष नारायण ठगुन्नाले स्वेच्छिक रुपमा राजिनामा दिनुभएपछि समितिको अध्यक्ष पद रिक्त रहेको थियो । समितिको अध्यक्ष पद रिक्त भएपछि गाउँपालिकाले जिल्ला खेलकुद समितिमा डम्बरको नाम सिफारिस गरिपठाएका थिए । नवनियुक्त अध्यक्ष सुनारलाई समितिका अध्यक्ष कुवेर खड्काले नियुक्ती पत्र प्रदान गरेका थिए ।


















Discussion about this post