दलित समुदायका प्रथम आचार्य कृष्ण दमाईलाई बेलडाँडी गाउँपालिकाले भोलि सम्मान गर्ने

बेलडाँडी, १० भाद्र । दलित समुदायका प्रथम आचार्य कृष्ण दमाईलाई भोलि बेलडाँडी गाउँपालिकाले सम्मान गर्ने भएको छ । पशुपति कोटिहोमको व्यासपीठबाट प्रवचन शुरु गरेका आचार्य कृष्णबाटै नयाँ युगको शुरुवात भएको जनाउदै बेलडाँडी गाउँपालिकाले सम्मान गर्न लागेको हो ।

बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाकाले भने जातीय छुवाछुत जस्तो कुरीति विद्यमान रहेको परिवेशमा अव बोलीले मात्र होइन व्यवहारले नै सामाजिक विभेद् हटाउन आफुहरु लागि परेको जनाउदै दलितले वेद पुराण पढ्न हुँदैन भन्ने गलत धारणा चिर्दै नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ बेलझुन्डी, दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका दमाईलाई भोलि बिहान १० बजे पालिकाको सभा हलमा सम्मान गर्न लागेको बताउनु भयो ।

दलित समुदायबाट पहिलो “आचार्य“ उत्तीर्ण गरेका भीमदत्त नगरपालिका वडा नं. ३. कञ्चनपुर निवासी “आचार्य“ कृष्ण बहादुर दमाईले सुदूरपश्चिम क्षेत्रको गरिमा बढाउने कार्य गरी सनातन धर्मको रक्षार्थ अहम् भूमिका खेल्नु भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट छवि बनाउनुभएको हुँदा यहाँको उच्च मूल्याङ्कन गर्दै पालिकाद्धारा सम्मान गरिने जनाए ।

दलितले वेद पुराण पढ्न हुँदैन यदि पढे पाप लाग्छ भन्ने गलत धारणा चिर्दै दमाइले कोटी होम ब्यासबाट प्रवचन दिएपछि अधिकांसका लागि सपना जस्तै भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित