बेलडाँडी, ११ भाद्र । बेलडाँडी गाउँपालिकाले आचार्य कृष्णबहादुर दमाईलाई सम्मान गरेको छ । आज ११ गते मंगलवार एक कार्यक्रमको आयोजना गर्दै पालिकाले नगद सहित आचार्य दमाईलाई सम्मान गरेको हो ।
बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले आचार्य दमाईलाई दोसल्ला सम्मान पत्र, र ३१ हजार १ सय नगदसहित सम्मान गरेका हुन् । शिल्पी समुदायबाट संस्कृतमा आचार्य पास गर्ने पहिलो ब्याक्ति कृष्ण बहादुर दमाइलाई बाजागाजासहित गाउँपालिका परिवारका साथै दलित सुमुदायका अगुवाहरुले भब्य स्वागत गरेका थिए ।
आर्थिक अभावबाट गुर्जिरहेका आचार्य सबैका लागि प्रेरेणाको श्रोत भएको बताउदै पालिकाले सम्मान गरेको हो । पालिका प्रमुख रानाले भेदभाव, छुवाछुत अन्त्यका लागि हरेक ठाउँमा दलित समुदायलाई प्राथामिकतामा राखेको बताउनु भयो ।
हरेक क्षेत्रमा दलित समुदायको प्रतिनिधित्व हुने कार्य गर्दै आएको बताउदै हालसालै बेलडाँडी खेलकुद समितिको अध्यक्ष समेत दलित समुदायबाट छनौट गरिएको बताउनु भयो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भएका दमाइले नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य गरेका हुन् । शिल्पी समुदायबाट संस्कृतमा आचार्य पास गर्ने दमाई नेपालकै पहिलो व्यक्ति हुन् ।
सम्मान कार्यक्रममा बोल्दै आचार्य दमाइले यस्तो अवसर दिने पालिका प्रमुख राना लगायत बेलडाँडीबासीलाई धन्यवाद ज्ञापन गर्दै भने सनातन धर्मको रक्षाका लागि सबै समुदायले विभेद त्यागेर अगाडि बढ्नुपर्नेमा जोड दिए । नेपालभर धनगढी उपमहानगरपालिका पहिलो र बेलडाँडी गाउँपालिका दोस्रो आफु र आफ्नो समुदायलाई सम्मान गर्ने पालिका रहेको जनाउदै खुशी व्यक्त गर्नु भयो ।
कार्यक्रममा पंचांग समितिका आजीवन सदस्य गणेश प्रसाद पन्तले भने जात भनेको दुईवटा मात्र रहेको महिला पुरूष मात्र हो अन्य यो विभेद पछि गरिएको बताउदै यसको अन्त्यका लागि सबैले आ आफ्नो ठाउँबाट लाग्नु पर्ने बताए । उनले भने बेद पढ्ने ईच्छा राख्ने जो सुकैलाई ज्ञान दिने बताउनु भयो ।
सम्मान तथा शुभकामना कार्यक्रमको संचालन बेलडाँडी प्रवक्ता गज बहादुर बिष्टले गरेका थिए भने स्वागत मनतव्य वडा नं.५ का अध्यक्ष इन्द्र खडकाले गरेको कार्यक्रममा जनप्रतिनिधि समाजसेवी, दलित समुदायका अगुवा लगायतको सहभागी रहेको थियो ।
Discussion about this post