बेलौरीको शिवनगरमा “ कञ्चनपुर टि–टवा्न्टी क्रिकेट प्रतियोगिता” को पहिलो संस्करण आयोजना हुने

शन्तोस पन्त, बेलौरी– कञ्चनपुरको बेलौरीमा “कञ्चनपुर टि–टवा्न्टी क्रिकेट प्रतियोगिता” आयोजना हुने भएको छ । बेलौरी स्थित शिद्धेश्वर जय पृथ्वी क्लबले बेलौरी नगरपालिका १० शिवनगरमा वडा दशै तथा दिपावलीको अवसर पारेर असोज २४ गतेदेखि शिद्धेश्वर मा।विको खेल मैदानमा खुल्ला कञ्चनपुर टि–टवा्न्टी किकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिता असोज २४ गतेदेखि कार्तिक ५ गतेसम्म सञ्चालन गरिने खेल सञ्चालक समिति संयोजक दिपक खड्काले बताए । प्रतियोगिताका सबै खेल लेदर बलले खेलाईने छन ।संयोजक खड्काका अनुसार स्थानिय स्तरमा खेलाडिले आफ्नो प्रतिभा देखाउन मिल्ने गरीे खेल लेदर बलले खेलाईने छ । प्रतियोगिताभरी क्यानको आधिकारिक व्यक्तिद्धारा निगरानी समेत रहने भएकोले खेलाडि छनोटमा सहयोग हुने छ संयोजक खडकाको विश्वास छ ।

खेल नक आउट प्रकृयाका खेलाईने छ । प्रतियोगिता खुल्ला खेलाईने हुँदा भारतिय टिमले समेत खेलमा सहभागि जनाउन पाउने छन । प्रतियोगिताको उपाधि जित्ने टिमले १ लाख र उपविजेता टिमले ५० हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

प्रतियोगितामा “ म्यान अफ द टुर्नामेन्ट ” हुने खेलाडिलाई १० हजार ,“ बेस्ट ब्याट्समेन ” र “बेस्ट बलर ” लाई ५ ५ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताभरका प्रत्येक खेलमा म्यान अफ द् म्याच् हुने खेलाडिलाई १ हजार सहित ट्रफी प्रदान गरिने खेल सञ्चालक समितीका सह सचिव नरायण जोशिले बताए

प्रतियोगताको सेमिफाईनल खेल टेलिभिजन र्माफत लाईभ देखाईने खेल सञ्चालक समितीका स(संयोजक नरेश शाहले बताए ।प्रतियोगितामा सहभागी हुने टिमलाईे १० हजार दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनको लागि कल्बले १० सदस्यीय टोलिको खेल संचालक समिती गठन गरिसकेको छ । खेल संचालक समितीको संयोजकमा दिपक खडका ,सह(संयोजक नरेश शाह ,सचिव सन्तोष पन्त ,सहसचिवमा नारायण जोशी , कोषाध्यक्षमा संजय शाही र फिल्ड तथा स्वयमसेवक व्यवस्थापनमा निराजन शाह लाई जिम्मेवारी तोकिएको छ ।

संञ्चालक समितीका पदाधिकारीहरुलाइ फरकफरक जिम्मेवारी तोकि प्रतियोगिता संचालनको कार्य भइरहेको संयोजक दिपक खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित