अखिल क्रान्तिकारी बेदकोट नगरको अध्यक्षमा लुहार

कञ्चनपुर, भदौँ १४ । अखिल क्रानित्कारी बेदकोट नगरको अध्यक्षमा अनिल लुहार चयन भएका छन । शुक्रबार बेदकोट नगरमा सम्पन्न भएको अखिल क्रान्तिकारी नगरको दोस्रो भेलाले लुहारलाई सर्वसम्मत नगर अध्यक्षमा चयन गरेको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका युवा नेता एव सुप प्रदेशका कोषाध्यक्ष सुरेश भट्टले सहमतीय आधारमा नगरका कमिटी विस्तार गरिएको बताए ।
उनका अनुसार उपाध्यक्ष मनोज डगौरा, उमेश ओड, सचिव कल्पना भट्ट, सह सचिव महेश्वरी पन्त, कोषाध्यक्ष दुर्गा लुहार सहितका २१ सदस्यी नगर कमिटि विस्तार गरिएको छ ।

नगर सम्मेलनको नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता एव बेदकोट नगर इन्चार्ज गणेश विक(कुसल) माओवादी नेताहरु तुलसी राना, रतन विष्ट, लाल विक सहितका अखिल क्रान्तिकारी जिल्ला संयोजक भुवन विष्ट, सुरेश भट्ट, डम्बर कुँवर,तिलक ठगुन्ना, तेजेन्द्र लुहार सहितका नेता कार्यकर्ताहरु नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित