कञ्चनपुर, भदौँ १६। नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) दिल्लीराज विष्ट सेवा निवृत भएका छन । ३० बर्षे कार्यकाल पुरा गर्दै एसएसपी विष्ट १६ भदौँ ०८१ मा सेवा निवृत भएका हुन ।
०५१ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेस गरेका विष्ट तीन दशकमा सेवा निवृत भएका छन । ईप्रका, जिप्रका तत्तकालिन अञ्चल प्रहरी इन्चार्जको जिम्मेबार निर्वाह गरिसकेका एसएसपी विष्ट पछिल्लो एक बर्षदेखि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा अपराध अनुसन्धान तथा नियन्त्रण महाशाखा प्रमुखको रुपमा कार्यरत थिए ।
उत्कृष्ट कार्य सम्पादन गरे बाफत एसएसपी विष्टलाई विगतमा पनि नेपाल प्रंहरीले नगद पुरस्कारका साथै सम्मान प्रदान गरिएको थियो । ०७९ सालमा नेपाल प्रहरी प्रदेश कार्यालय(हाल नेपालगन्ज)को इन्चार्ज हुँदा पनि प्रदेश प्रहरी कार्यालय सुर्खेत र ०८० मा सुप प्रदेश प्रहरी कार्यालय धनगढीबाट समेत नगद पुरस्कारका साथै सम्मान पाएका थिए ।
तराई, पहाड र हिमाली जिल्ला, गाँउबस्तीहरुका कार्यालयको इन्चार्जको जिम्मेबारीमा रहेका बखत विष्टले अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कार्यमा मेहनताका साथ कार्य सम्पादन गर्ने प्रहरी अधिकृतका रुपमा चिनिन्छन ।
आइतबार एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक
(डिआईजी)रविन्द्र केसी सहितका सिनियर जुनियरदेखि बिल्लादार प्रहरी जवानले मायाको चिनो दिदै सम्मान बिदाई गरेका छन ।
एसएसपी विष्टको सेवानिवृत समाजिक जिवनको समेत आम नागरिकबाट सद्भाव प्रकट गरिएको छ । समाजिक सञ्जाल मार्फत एसएसपी विष्टको सेवानिवृत जिवनको शुभकामना व्यक्त गरिएको छ ।
Discussion about this post