कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित महाकाली नदीमा दाउरा निकाल्ने क्रममा दुई किशोर बगेका हुन् ।
महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिएका छन् ।
उनका अनुसार आज दिउँसो भीमदत्त १२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइ दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा बगेका हुन् ।बगेकामध्ये सौरभको शव ।
दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् ।
लगातारको वर्षापछि महाकालीमा पानीको बहाब बढी भएकाले नदीको किनारै किनार किशोरको खोजी भइरहेको प्रहरीले जानकारी दिएका छन् ।
Discussion about this post