बेलडाँडीमा असोज २ गतेदेखि ३ दिनका लागि भब्य अन्नते मेला लाग्ने, मौलिकता जोगाउन देउडा हुने

बेलडाँडी । बेलडाँडी गाउँपालिकामा आउदो असोज २ गते देखि ३ दिनका लागि भब्य अन्नते मेला लाग्ने भएको छ । बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको रौलेश्वर मावि अगाडीको कालिका मन्दिरमा असोज २,३ र ४ गते राती अन्नते मेला लाग्ने मन्दिर समितिले जनाएको छ ।

कालिका मन्दिर समितिका सचिव विर बहादुर बडुवालले भने भाद्र पूर्णिमाको दिनबाट शुरु हुने अनन्ते मेला बाजुरीले समुदायका मान्छेले विशेष महत्वका साथ मनाउने गर्दछन् । अनन्ते मेलामा रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी देउडा खेल्ने गरिन्छ । महाभारतमा कौरवसँगको लडाईमा पाण्डवले गरेको विजय प्राप्तिको खुशीयालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले विजय मनाउने उत्सवको रूपमा यस पर्वलाई मनाउने परम्परा रहेको बताउदै कालिका मन्दिरमा समेत ३ दिन भब्य देउडा खेलाडीहरुको प्रस्तुति रहने जनाउनु भयो ।

उहाँले भने मेला अवधिभर मागल, लाखेनाच, पाण्डवको युद्ध कौशल, युद्ध नीतिका बारेमा चर्चा गरी देउडा खेल्ने चलन रहेको भन्दै यस मन्दिरमा भब्य देउडा खेलको तिनैदिन आयोजना गरिने बताउनु भयो ।

स्थानीय लोक संस्कृति र पहिचानस्वरुप मनाइने अनन्ते मेला बाजुरा लगायत सुदूर पहाडी जिल्लाहरुमा धुमधामका साथ मनाइने गरिन्छ । मेलाका माध्यमबाट देउडा सांस्कृतिको जगेर्ना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित