नागरिकको सुरक्षाका लागि बेलडाँडी स्थानीय सरकारको यस्तो कार्य, बेलडाँडी–दैजी सडकको झाँडी सफाई

विकास सिह महता/कञ्चनपुर, असोज ४ । कञ्चनपुरको एक स्थानीय सरकारले नागरिकको सुरक्षाका लागि नयाँ कामको थालनी गरेको छ ।

बेलडाँडी गाँउपालिका स्थानीय सरकारले नागरिकको सुरक्षाका लागि नयाँ काम योजना थालनी गरेको हो ।
चालु आर्थिक बर्षको दोस्रो महिनामै बेलडाँडी स्थानीय सरकारले यात्रु सुरक्षाका लागि काम गरिरहेको छ ।
दक्षिणी क्षेत्रको जिल्ला सदरमुकाम जोड्ने सबैभन्दा छोटो दुरीमा रहेको बेलडाँडी–दैजी हुलाकी सडक खण्डमा झाँडी सफाई गरिरहेको छ ।

ठेकेदारले सडक बनाउने जिम्मा लिएर सडक अलपत्र छाडेपनि स्थानीय सरकारले सडकको दाँयाबाया झाँडीले सडक लटरम्म पारेको अवस्थामा सफाई गरिरहेको छ ।
बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले यात्रुको सुरक्षाका लागि झाँडी सफाई काम भईरहेको बताए ।

उनका अनुसार भदौँदेखि नै दैजी बेलडाँडी हुलाकी सडक खण्ड निकुञ्ज क्षेत्रमा झाँडी सफाई भईरहेको बताए ।
‘सडक छेउमै झाँडीले यात्रु बन्यजन्तुको आक्र्रमणबाट जोखिम बढेकाले हामीले प्रधानमन्त्री स्वरोजगारका मजदुर खटाएर झाँडी सफाई गरिरहेका छौँ, ‘उनले भने, ‘अहिले सडक सफाई काम चलिरहेको छ ।’

नागरिकले बेलडाँडी स्थानीय सरकारको अनुभूती भएको बताएका छन । सडककै छेउमा झाँडीले जनावरको समान्य ओहोरदोहोरदेखि आक्र्रमणबाट जोगिन झाँडी सफाई सरानिय काम भएको बताएका छन ।

नागरिकहरुले एकातिर नागरिक सुरक्षा अर्कातिर जनतालाई रोजगार दिएको भन्दै स्थानीय सरकारको काम प्रभावकारी भएको बताएका छन । स्थानीय यात्रुले अहिले झाँडी सझाई भएपछि ढुक्क भएर यात्रा गर्न सहज भएको अनुभूति गरेका छन । अहिले मात्रै नभई बर्षभरी झाँडी सफाई गर्नुपर्ने नागरिकको मागछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित