बेलडाँडी,
प्रदेशका “ख” स्वतन्त्र उम्मेदवार टेक बहादुर साउदको बेलडाँडीमा सम्पर्क तथा सचिवालय कार्यालय खुले संगै उनलाई स्वस्फुर्त युवाहरुको साथ दिनप्रतिदिन बढ्दै गएको छ ।
देशमा निम्तिन लागको बेथितिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको भन्दै यसको अन्यका लागि चुनावी मैदानमा होम्मिनु परेहेको साउदले बताए । हिजो बेलडाँडीमा सम्पर्क कार्यालय उदघाटन गर्दै कुनै पार्टी र व्याक्तिका विरुद्धमा नभई रोग,भोग, गरिवी, बेरोजगारी, अशिक्षा र भ्रष्ट्रचार विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताएका छन् । कार्यालय खुले संगै बेलौरी बेलडाँडीका स्वस्फुर्त मतदाताहरुको साथ दिनप्रतिदिन बढ्दै गएको छ ।
यस क्षेत्रका जनताको माग अनुसार आफुले उम्मेदवारी दिएको र आफु निर्वाचित भए क्षेत्र विकासको बजेट बेलौरी बेलडाँडीका १५ वडाको विकासका लागि समान तरिकाले वितरण गर्ने जनाए । आफु संग थुप्रै यो क्षेत्र विसकाका योजना भएको जनाउदै आफुलाई कुनै किसिमको लोभलालच नभएको समेत स्पष्ट पार्नु भयो । उनले सम्पुर्ण यस क्षेत्रका मतदाताहरुलाई आउदो निर्वाचमा चुनाव चिन्ह लालटिनमा भोट दिन आवहान गर्दै अहिले सम्म कसैको गलत समेत नगरेको र आगामिदिनमा समेत गलत नगर्ने बचन दिए ।
नामधारी लोकतन्त्रवादी तथा नामधारी कम्युनिस्ट भएका कारण यस्ताको विकल्प स्वतन्त्र उम्मेदवारलाई जिताउने बेला आएको स्थानीयको भनाइ छ । कम्युनिस्टहरु बढि शोशक तथा सामन्ती भए लोकतन्त्रवादी भनिनेहरु अलोकतान्त्रिक चरित्रका पृष्ठपोषक भएका कारणले गर्दा यो अवस्था आएको हो । यहाँ न एमाले, माओवादीले कम्युनिस्टको चरित्र देखाएको छ, न त कांग्रेसले लोकतन्त्रको चरित्र देखायो ।
देश निर्वाचनमय बनेको छ । नेताहरु गाउँगाउँमा जनता फकाउन जुटेका छन् । तर हाल देखिएको राजनीतिक संस्कार तथा स्वार्थका कारण नेपालको पछिल्लो राजनीति अस्थिर देखिएको छ । खासमा व्यवस्था बदलिए पनि जनताको अवस्थामा खासै परिवर्तन आउन सकेको छैन । सरकार स्थिर नभएका कारण देशको विकासमा बाधा पुगेको छ ।
दलहरुले आफ्नो सिद्धान्त भुलेका छन्, जसका कारण राजनीतिले सही ट्रयाक समाउन सकेको छैन। यसले गर्दा जनतामा निर्वाचनको उत्साह दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार लाई जिताउने चलेको छ ।
Discussion about this post