बेलडाँडीमा बुधवार देखि भब्य रुपमा स्व. विर बहादुर मेमोरियल क्रिकेट कप आयोजना हुँदै, आज ट्रफी सार्वजनिक

बेलडाँडी, ७ असोज । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा आउदो बुधवार देखि भब्य रुपमा स्व. विर बहादुर मेमोरियल क्रिकेट कप आयोजना हुनगइरहेको छ । असोज ९ देखि १५ गतेसम्म बेलडाँडी गाउँपालिका ५ झिलमिलाफाँटाको खेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता समितिले आज बेलडाँडीको चवन्नी बजारमा पत्रकार सम्मेलन तथा ट्रफी सार्वजनिक कार्यक्रम आयोजना गर्दै प्रतियोगिता असोज ९ गते देखि शुरु हुने जानकारी दिएको हो । उक्त क्रिकेट कप आयोजना समितिका संयोजक ललित बुढाले प्रतियोगिताको पहिलो संस्करण गर्न लागेको बताए । उनले प्रतियोगितामा कञ्चनपुर क्षेत्र नं.१ का टिमलाई मात्र सहभागि गराईने बताउदै क्षेत्र भित्रको टिममा क्षेत्रबाहिरका बढीमा ४ जना नेपाली खेलाडी राख्ने पाइने बताएका हुन् ।

क्रिकेट खेलको विकास मात्र नभई खेलकुद आयोजना बाटै प्रेणा दिने लायकका गतिविधि समेत गर्न लागेको संयोजक बुढाले बताउनु भयो । धनगढीमा केहि बर्ष पहिला मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका बेलडाँडी ४ बैवाहका विर बहादुर बुढाको सम्झनामा सभ्य र भब्य नौलो तरिकाले खेल आयोजना गरिन लागेको हो ।, बुढाले भने, ‘खेल क्षेत्रको विकास गर्ने उद्देश्य मात्र नभइ समाजलाई केहि सकारात्मक सन्देश समेत दिने तयारीका साथ प्रतियोगिता आयोजना गरिन लागेको बताउनु भयो ।

उहाँले झिलमिलाको मैदानमा आन्तिकि पर्यटन बढाउन, खेलमैदान र खेलाडीको प्रवद्र्धन समेत होस भन्ने उदेश्यले प्रतियोगिता गर्न लागेको जनाए । आज सम्म भएका खेलमा पैसा कमाउने जस्ता मात्र गतिविधि भएको भन्दै पैसा मात्र नभइ यहाँ ग्रामिण स्तरमा समेत क्षमतावान खेलाडी छन् भन्ने सन्देश समेत दिन लागिएको जनाए । प्रतियोगिता सम्पन्न गर्न अन्दाजी ३ लाख २५ हजार खर्च आउने अनुमान गरिएको छ ।

आर्थिक सयोगका लागि आफुहरुले कसैलाई नभनेको र स्व. विर बहादुरका नजिकका साथीहरुलाई मात्र प्रतियोगिता सम्मपन्न गर्न उहाँहरुले सक्ने सहयोगको लागि मात्र भनेको जनाउनु भयो । हामी उनको सम्झनामा प्रतियोगिता आयोजना गर्न लागेकाले अन्य सबैलाई सहयोग गर्नुस् नभनेको तर कसैले आफु खुसी सहयोग गर्छु भन्नेहरुका लागि र सहयोग गर्नेहरुको मान सम्मानार्थ खादा प्रमाण पत्रले सम्मान गरिने संयोजक बुढाले बताउनु भयो । आफ्नो ब्यापार प्रवद्र्धन गर्न चाहन्छ भने निशुल्क आफ्नो ब्यानर राख्न समेत सकिने जनाइएको छ । प्रतियोगितालाई जनप्रिय बनाउन विभिन्न विद्याका कार्यक्रम समेत गरिने जनाइएको छ ।

जेष्ठ नागरिकहरुलाई खेल हेर्न र दिउसो पछिको खेलमा सम्मान जनक चियापानको समेत ब्यवस्था गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई सभ्य बनाउन रेफ्रिको भुमिका महत्वपूर्ण हुने हुदा नियमानुसार खेलखेलाईने जनाएको छ ।


प्रतियोगिताको विजेताले ७५ हजार रुपैयाँ र उपविजेताले ४१ हजार रुपैयाँका साथै ट्रफी, मेडल प्राप्त गर्ने छन् । व्यक्तिगततर्फ प्रतियोगिताकै सर्वोउत्कृष्ट खेलाडीलाई २५ सय र ट्रफी, प्रतियोगिताकै उत्कृष्ट बलरलाई १५ सय सहित ट्रफी, प्रतियोगिताकै उत्कृष्ट ब्याट्समेनलाई १५ सय सहित ट्रफी, उत्कृष्ट क्याच गर्नेलाई १ हजार ट्रफी, सर्वाधिक छक्का प्रहार गर्ने खेलडाँडीलाई १ हजार सहित ट्रफी, सबै भन्दा कान्छा खेलाडीलाई मायाँको चिनो प्रदान । सहयोगि दातालाई सम्मान गरिने आयोजकले जनाएको छ । यस्तै थुप्रै अफर संगै दर्शकहरुका लागि समेत पहिलो पटक गर्न लागेको जनाइएको छ ।
खेलको समापन तिर आयोजकले ट्राफिक प्रहरी संग समन्वय गर्दै ट्राफिक नियम सम्वन्धी जनचेता मुलक कार्यक्रम समेत गर्ने जनाउदै मनोरन्जनका लागि विचबिचमा सांस्कृतिक नृत्यहरु समेत प्रदर्शन गरिने जनाइएको छ ।

आयोजकले खेलप्रेमी सबैलाई खेलको आनन्द लिन निमन्त्रण समेत गरेको छ । प्रतियोगितामा क्षेत्र भरिका २० टिमको सहभागिता रहेको छ । यो प्रतियोगिता सुदूरपश्चिकै प्रेणाको श्रोत बन्ने स्थानीयको बुझाई रहेको छ । प्रतियोगिता आयोजनाका लागि पुर्ण तयारी पुरा भइसकेको समेत आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित