अर्थ मन्त्री थापाले स्वस्तिक हस्पिटलमा बिरामीको स्वास्थ्य अवस्था र पुर्वाधार बारे जानकारी लिए

धनगढी, ०७ असोज । सुदुर पश्चिम प्रदेश सभा सदस्य तथा अर्थमन्त्री बहादुर सिंह थापाले बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

धनगढीमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा उपचारका लागि भर्ना भएका बिरामीको निजि क्षेत्रबाट सेवा प्रदान के कस्ता रहेका छन् सो बिषयमा अनुगमन र भने अनुरुप सेवा छ छैन त्यसको अनुगमन गरेका हुन ।

सोमबार साँझ हस्पिटलमा पुगेर बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेका थिए । उहाँले निजि क्षेत्रबाट स्वास्थ्य सेवाका लागि यस स्वस्तिक कार्डियो ले गरेको कार्य सर्हानिय रहेको बताए।

हस्पिटलका चिकित्सा निर्देशक पार्शल भण्डारीले बिरामीको सेवामा हामी निजि क्षेत्रबाट गरिने स्वास्थ्य सेवाहरु सुुलभ रूपमा प्रदान गरिरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित