बाढी जोखिमः भीमदत्त नगरले ग¥यो महाकाली नदि किनारमा नगरप्रहरी परिचालन

महेन्द्रनगर ।  कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली नदि किनारमा नगरप्रहरी परिचालन गरेको छ । मौसम पूर्वानुमान महाशाखाको सुचनाअनुसार केहि दिन वर्षा हुने र बाढी आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै उद्धार तथा बाढी जोखिमका विषयमा जानकारी लिन नगरपालिकाले महाकाली नदि किनारका वडा नम्बर ११, १२ र १३ मा नगरप्रहरी परिचालन गरेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिममा अझै केहिदिन मध्यम देखी भारी वर्षा पर्ने र बाढी आउनसक्ने सम्भावना रहेको कुरालाई मध्यनजर गर्दै विपद् पूर्वतयारी अन्तर्गत महाकाली नदि किनारका वडाहरुमा नगरप्रहरी परिचालन गरिएको भीमदत्त नगर प्रहरी इकाई प्रमुख तथा नगर प्रहरी सहायक निरिक्षक सुरेन्द्र बोहोराले बताए ।

उनकाअनुसार कार्यालयसंग उपलब्ध उद्धार सामाग्री सहति नगरप्रहरी खटिएका छन् । केही समस्या परेमा तपशिलका नम्बरमा सम्पर्क गर्न नगरपालिकाले नगरवासीमा आग्रह गरेको छ ।

तपशिलः
पुष्कर भट्ट– भीनपा–११– ९८२२७००२६५
भुवन नाथ –भीनपा–१२– ९८२२७००२१५
वसन्त ठगुन्ना– भीनपा–१२– ९८२२७००२२६
केशब चन्द–भीनपा–१३– ९८६५७९०७९७
विवेक शाह–भीनपा–१३– ९८४९८११६७५
नगर प्रहरी इकाई कार्यालय– ०९९–५२१८९१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित