भारतमा चेन्नई र झागखण्डमा भएको प्रतियोगितामा विजेता सुप प्रदेशका खेलाडीलाई सम्मान

प्रकास भट्ट, कञ्चनपुर, असोज ११ । भारतको चेन्नई र झारखण्डमा भएको अन्र्तराष्ट्रिय स्तरको प्रतियोगितामा विजेता नेपाली सुदूरपश्चिम प्रदेशका खेलाडीलाई सम्मान गरिएको छ । शुक्रबार महेन्द्रनगरमा एक कार्यक्तमका विच भारतको चेन्नई र झारखण्डमा भएको अन्र्तराष्ट्रिय स्तरको प्रतियोगितामा विजेता नेपाली सुदूरपश्चिम प्रदेशका खेलाडीलाई सम्मान गरिएको हो । जापान कराते डो कोशीकाई सितोरियो संघ नेपाल विजेता खेलाडीहरुलाई सम्मान गरेको छ ।

जापान कराँते डो कोशीकाई सितोरियो संघ नेपालले गत वर्ष भारतको चेन्नईमा भएको प्रथम दक्षिण एशियाली साग खेलकुद कराँते प्रतियोगिता र केहि दिन अगाडि भारतकै झारखण्डको गिरिडिहमा भएको तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरि पदक प्राशश्प्त गर्ने खेलाडीहरुलाई सम्मान गरेको छ । जिल्ला समन्वय समिती प्रमुख दुर्गा दत्त बोहरा लगायतका सरोकारवालाले प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले गत वर्ष भारतको चेन्नईमा भएको प्रथम दक्षिण एशियाली साग खेलकुद कराँते प्रतियोगितामा १३ स्वर्ण , ३ रजत र ३ काश्य पदक जिती प्रथम स्गान हासिल गर्न सफल खेलाडि तथा भारतकै झारखण्डको गिरिडिहमा भएको तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा २७ स्वर्ण र २ रजत पदक प्राप्त गरि ईतिहास रच्न सफल खेलाडीलाई सम्मान गरिएको बताए ।

जापान कराँते डो कोशीकाई सितोरियो संघ नेपाल कञ्चनपुरका अध्यक्ष दिपेन्द्र विष्टले खेलाडीको मनोबल उच्च राख्नका लागि सम्मान गरिएको बताए । उक्त सम्मान कार्यक्रममा खेलाडी सहित प्रशिक्षकलाई समेत सम्मान गरिएको छ भने खेलकुद मार्फत नेपाललाई विश्वमा चिनाउन जापान कराते डो कोशिकाई सितोरियो संघको महत्वपुर्ण योगदान रहेको भन्दै्र सहभागिहरुले प्रसंसा सेमत गरेका थिए । खेलाडीहरुले समेत सम्मानबाट थप प्रेरणा मिलेको बताएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित