नरेश राना कञ्चनपुर, असोज १३ । जंगली हात्तीको आक्र्रमणमा परेर फेरी कञ्चनपुरमा एक युवकको मृत्यु भएको छ । गयराती हात्तीको बथानको आक्र्रमणमा परेर लालझाडी गाँउपालिका ४ डाँगा जाईका ५० बर्षिया रामदल रानाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले हात्तीको आक्र्रमणमा परेर लालझाडी गाँउपालिका ४ डाँगाजाईका स्थानीय ५० बर्षिया रामदल रानाको मुत्यु भएको बताए । प्रवक्ता जोशीका अनुसार शनिबार राती हात्तीको बथान लालझाडी वन हुँदै डाँगाजाई गाँउ प्रवेस गरेको थियो । ‘हात्ती धपाउने क्रममा भागदौड मच्चिएर राना हराएका थिए, ‘प्रवक्ता जोशीले भने, ‘राती खोज्दा भेटाएन्, बिहान उखुबारीमा हात्तीले कुल्चिएको अवस्था फेला परेका छन ।
’ हात्ती धपाउने क्रममा स्थानीय ३५ बर्षिया नियानन्द राना पनि समान्य घाईते भएका छन । उनको खुट्टामा चोट लागेको र घरेलु उपचार गरिरहेको स्थानीयले बताएका छन । कञ्चनपुरमा पछिल्ला एक दशकयता हात्तीको आक्र्रमणमा परेर मानिसको ज्यान गुमाउनेको संख्या बढिरहेको छ । हालसम्म १२जनाले ज्यान गुमाईसकेका छन ।
भने, दर्जनौँ मानिस घाईते भएका छन । बर्षनी अन्नबाली, भौतिक सरचनामा क्षति पुगेको छ । तर,पनि सम्बन्धीत निकायबाट हात्तीका आक्र्रमण रोकथामका प्रभावकारी योजना संचालन हुन सकेका छैनन ।
Discussion about this post