माओवादी केन्द्र बेलडाँडी, लालझाडी र कृष्णपुर इन्चार्जमा शर्मा, राना र खत्री

कञ्चनपुर, असोज १३ । नेकपा माओवादी केन्द्रले कञ्चनपुरका तीन पालिकामा नयाँ इन्चार्जको नेताहरुलाई जिम्मेबारी दिएको छ ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिले बेलडाँडी गाँउपालिकामा हरि प्रशाद शर्मा, लालझाडी गाँउपालिकामा भक्ता राना र कृष्णपुर नगरपालिकामा दिपक खत्रीलाई जिम्मेबारी दिएको हो ।

माओवादी केन्द्र सुप प्रदेश कमिटीले शर्मा, राना र खत्रीलाई पालिका इन्चार्ज बनाएर पालिकाहरुमा संगठन विस्तार एव प्रभावकारी कामकाज आ–आफ्नो पालिकामा रहेका जनताका आधारभूत समस्या केन्द्रीत कामकाज गर्न निर्देशन दिएको छ ।

नेकपा माओवादी केन्द्र बेलडाँडी इन्चार्जको जिम्मेबारी पाएका हरि प्रशाद शर्मा, लालझाडी इन्चार्जको जिम्मेबारी पाएका भक्ता राना र कृष्णपुर इन्चार्जको जिम्मेबारी पाएका दिपक खत्रीले पाटीले दिएको जिम्मेबारी अनुरुप आ–आफ्नो पालिकामा संगठन विस्तारदेखि जनताको कामकाज सेवामा खटिने बताएका छन ।

साथै माओवादी केन्द्रले सुप प्रदेशमा पाटीका नेता कार्यकर्ताहरुले जनताको घरदैलोमा पुगेर उनीहरुका आधारभूत समस्या बुझेदै जनसेवामा खटिन निर्देशन दिर्दै पाटीको कामकाज संगठन विस्तारमा खटिन आब्हान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित