बाढीपहिरो र डुबानका कारण विभिन्न सडकमा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन सरकारलाई निर्देशन

काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले हालै गएको बाढीपहिरो र डुबानबाट प्रभावित परिवारलाई राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अघि बढाउन सरकारलाई निर्देशन दिएको हो  ।

मंगलबारको समिति बैठकले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेपछि बाढीपहिरो र डुबानका कारण मुलुकमा भएको क्षतिको विश्लेषण गर्दै यस्तो निर्देशन दिएको छ ।

‘हवाइ भाडा नबढाउन, अवरुद्ध सडक मर्मत सम्भार गरेर यातायात सञ्चालन गर्न, सडक पहुँच नपुगेका जिल्लाहरुमा हवाई यातायातको व्यवस्था गर्न, खाद्यान्न तरकारी र फलफूल आदिको मूल्य बढ्न नदिन र पीडितलाई छिटोभन्दा छिटो राहत दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँछौँ’, बैठकपछि समिति सभापति रामहरि खतिवडाले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले हालै गएको बाढीपहिरो र डुबानका कारण  विभिन्न सडकमा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन पनि सरकारलाई निर्देशन दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित