बिकाश सिंह महता/महेन्द्रनगर : कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा फारवेस्ट टि-२० क्रीकेट कप भब्यरुपमा सम्पन्न भएको छ।
नेपाल विद्यार्थी संघ सुदूरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पस द्धारा आयोजना गरिएको सुदूरपश्चिम अन्तर क्याम्पस फारवेस्ट टि-२० क्रीकेट कप २०८१ भब्यताका साथ सम्पन्न भएको हो।
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरको खेलमैदानमा असोज ७ देखि १५ गते सम्म सञ्चालन भएको प्रतियोगिता मंगलबार एक कार्यक्रमका बिच सम्पन्न भएको नेपाल विद्यार्थी संघ सुदूरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसका अध्यक्ष दिनेश भट्टले बताउनु भयो।
फाइनल खेल सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस र लिटिल बुद्ध एकेडेमी महेन्द्रनगर बिच भएको थियो। फाइनल खेलमा पहिलो व्याटिङ गर्दै लिटिल बुद्ध एकेडेमीले निर्धारित २० ओभरको समाप्तिमा ९ विकेटको क्षतिमा १ सय ३१ रन जोडन सफल भएको थियो।
जसमा टिम सुदूरपश्चिम विश्वविद्यालयले १ सय ३२ रनको लक्ष्य पाएको थियो। लक्ष्य प्राप्तिका लागि मैदान उत्रिएको टिम सुदूरपश्चिम विश्वविद्यालयले ८ विकेटको क्षतिमा १८.१ ओभरमा उक्त लक्ष्य पूरा गर्दै २ विकेटले खेल जित्दै प्रतियोगिताको च्याम्पियन टिम बनेको छ। भने लिटिल बुद्ध एकेडेमी महेन्द्रनगरले उपविजेतामा चित्त बुझाएको छ। फाइनल खेलको पिलिएर अफ द म्याच सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस टिमका मुकेश बिष्ट घोषित भए।
प्रतियोगिताको च्याम्पियन टिम सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसले नगद धनराशि ५५ हजार ५ सय ५५ आकर्षक ट्रफी प्रमाणपत्र मेडल हात पारेको छ। उपविजेता टिम लिटिल बुद्ध एकेडेमी महेन्द्रनगरले नगद धनराशी २५ हजार ५ सय ५५ रुपैया ट्रफी प्रमाणपत्र र मेडलमा चित्त बुझाएको छ।
प्रतियोगिताको म्यान अफ द सिरिज सुदूरपश्चिम विश्वविद्यालयका सन्दिप कुवर भएका थिए उनले नगद ५ हजार ५ सय ५५, उत्कृष्ट ब्याट्सम्यान मुकेश बिष्टले नगद २ हजार २ सय २२, उत्कृष्ट बोलर आर्यन पाण्डेले नगद २ हजार २ सय २२, उत्कृष्ट फिल्डिङ धर्मराज अवस्थीले १ हजार १ सय ११, प्रतियोगितामा धेरै छक्क प्रहार गर्ने खेलाडी मुकेश बिष्टले १ हजार १ सय ११ र प्रतियोगिताको उदयमान खेलाडी लिटिल बुद्ध एकेडेमीका आर्यन बिष्ट घोषित भएका थिए। उनले पनि १ हजार १ सय ११ रुपैया प्रमाणपत्र पाएका थिए।
प्रतियोगिताको मुख्य प्रायोजक बि.आई.ई.सि ग्लोबल, सह प्रयोजन नबिल बैंक शाखा कार्यालय महेन्द्रनगर र इन्टरनेट पार्टनर भाएनेट रहेका थिए। प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो। जसमा कैलालीको टिकापुरको टिम समेतको सहभागिता रहेको आयोजकले बताएको छ। जसमा टाढा बाट आउने टिमलाई बास स्थानको समेत आयोजकले व्यवस्ता गरेको थियो।
प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति एवं भीमदत्त नगरपालिका नगरप्रमुख पदम बोगटीले गर्नुभएको थियो भने समापन समारोह नेपाल कांग्रेस कञ्चनपुर का उपसभापति मिनबहादुर सिंहको प्रमुख आतिथ्यतामा र क्षेत्रीय सभापति केशव चन्द र भीमदत्त नगरपालिका वडा न.५ का वडा अध्यक्ष एवम् भीमदत्तका नगर प्रवक्ता पदमराज अवस्ती लगायतको उपस्थितिमा सम्पन्न भएको थियो।
Discussion about this post