जंगली हात्तीका कारण बेलडाँडीका किसान रातभर जाग्राम, बर्ष भरी मिहिनेत गरेर लगाएको खेतीबाली एकछिनमै सखाप

बेलडाँडी,१६ असोज । जङ्गली हात्तीले खेतमा पाक्न लागेको धानबाली, उखुमा क्षति पु¥याउन थालेपछि बेलडाँडी गाउँपालिका निकुञ्ज किनारका किसान खेतीबाली बचाउन रातभर जाग्राम बस्ने गरेका छन् । जंगल नजिकै रहेको बास्तीमा राती पर्योकी जंगली हात्तीको बथान बस्ती पसेर बालीमा क्षति पु¥याउन थालेपछि त्यहाँका किसान रातभर जाग्राम बस्न बाध्य भएका हुन् ।

पाक्नै लागेको धानबाली र बर्ष भरी मिहिनेत गरी लगाएको उखु बचाउनका लागि यहाँका कृषक रातिराति पटाका पट्काउने, आगो बाल्ने,, टेक्केर गाडीको आवाज निकाल्ने, होहल्ला गर्ने, टर्चलाइट बाल्ने, बिजुलीको तार तानेर खेतमा बत्ती बाल्ने, चौकीदारी गर्ने, खेतमै जाग्राम बस्ने लगायत क्रियाकलाप गर्ने गरेको स्थानीयले बताएका छन् । गए रातपनि बेलडाँडी २ भुर्षा क्षेत्रमा हात्ती उखुबारी पसेर तमाम नोक्सन गरेको छ ।

ठूलो मिहिनेत र लगानीबाट वर्षभरि खान पुग्नका लागि उब्जाएको खेतवाली जनावरले खाइदिनाले परिवार पाल्नसमेत अप्ठ्यारो स्थितिमा पुगेको बेलडाँडीका किसान राजेन्द्र सुनारले जानकारी गराउनु भयो । उहाँले भने हिजो अस्ती बेलडाँडी गाउँपालिकाको वडा नं.१ क्षेत्रमा हात्तीले दशौं विघा धानबाली खाई कुल्चि गरि नोक्सान गर्यो भने गए राती आफ्नो उखुबारीमा हात्ती पसेर विघौं उखुखाईदिएको बताउनु भयो ।
किसानले बर्ष भरी मिहिनेत गरेर लगाएको खेती हात्तीको बथानले एकै रातमा सखाप पार्न थालेपछि उनी जस्ता बेलडाँडीका तमाम किसान पिडित बनेका छन् । राज्य र निकञ्जको नियमानुसार पुर्जा जमिनको नोक्सान गरे राहत स्वरुप केहि क्षतिपूर्ती उपलब्ध गराउने तर ऐलानी जमिनमा कुनै क्षति गरेपनि राहत नपाउने सिस्टमले समेत यहाँका किसान पिडित बनेका छन् । हात्ती तथा जंगली जनावरले यहाँ बर्षभरी किसानलाई पिडादिएको खवर सम्वन्धित जनप्रतिनिधीहरुलाई भन्दा समेत यो समस्याको समाधान हुन नसक्दा किसानलाई झन पिडा थपिएको छ ।

निकुञ्ज तथा विभिन्न संघ संस्थाले जंगली जनावरबाट कसरी बच्ने भन्ने उपायमात्र सिकाउने गरेको छ तर बाली कसरी जोगाउने भन्ने कुनै क्रियाकलाप नसिकाएको पिडित किसानले गुनासो गर्दै आएका छन् । निकुञ्ज निकटका समूह संस्थाले जंगली जनावर भगाउनका लागि टर्च लाईट समेत बस्ती भित्रका समूह मान्छेलाई उपलब्ध गराउदा निकुञ्ज किनारका किसान झन समस्यामा पर्ने गरेका छन् । हात्तीबाट मात्र होइन जंगल किनारका नागरिकहरु जंगलमा हुने सबै प्रकारका जनावरबाट पिडित भएका छन् । निकुञ्ज बाट निस्कने सामान्य अजिंगरले किसानका कुखुरा, बाख्रा समेत खाईदिने गरेको छ । हात्ती, निलगाई, गैडा, बदेल, बादर, चितल, चितुवा, बाघ, दुम्सी, सर्प, अजिंगर, चराहरु लगायतबाट किसान पिडित बन्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित