कञ्चनपुर, असोज २१ । सेवाग्राहीबाट किस्ताबस्दीमा खुलेयाम घुस लिने मालपोत कार्यालय बैतडीका हाकिम अशोक सार्कीलाई नेकपा बहुमत निकट युवाले कार्यालय प्रवेस रोक लगाएको छ ।
मालपोत कार्यालय प्रमुख सार्कीले खुलेयाम कार्यकक्षमै नगर्दै घुस लिएको घटना सार्वजनिक भएसंगै नेकपा बहुमत बैतडीले घुस्याहा कर्मचारी भन्दै कार्यालय प्रमुखलाई कार्यालय प्रवेसमा रोक लगाएको हो ।
बहुमत सुदूरपश्चिम प्रदेशका इन्चार्ज दिपेन्द्र सिह ऐरीले राज्यका निकायले भ्रष्टाचारी कर्मचारीमाथि कार्बाही नगरेपछि संगठनले गरेको बताए ।
उनका अनुसार बहुमत निकट युवा संगठन बैतडीले सोमबार कार्यालयमा कालोब्यानर टाँस्दै भ्रंष्टाचार हाकिम कर्मचारीमाथि कार्बाहीको माग अघि सारेको छ ।
बहुमत निकट युवाले अख्तियार सहितका सरकारले भ्रष्टाचारी कर्मचारीमाथि कार्बाही नगरे संगठनले जनकार्बाही गर्ने चेतावनी दिएकोछ ।
मालपोतका हाकिम नै कार्यालयमा यसरी खुलेयाम घुस लिन नछाडेपछि नागरिकको नजरमा मालपोत भ्रष्टाचारको नाङगो आँखडा बनेकोछ ।
Discussion about this post