खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अन्तरक्रिया

विकास सिह महता । कञ्चनपुरको महेन्द्रनगरमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवालासंग छलफल अन्तरकृया गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीको आयोजना र होटेल व्यवसायी संघ कञ्चनपुरको सह आयोजनामा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवालासंग छलफल अन्तरकृया गरिएको हो ।

कार्यक्रममा सरोकारवालाहरुले खाद्य स्वच्छता तथा गुणस्तर खाने परिकार उत्पादन बिक्रि वितरण, उपभोगमा जोडदिएका छन ।
प्रमुख अतिथि समेत रहेकी भीमदत्त नगरकी उपप्रमुख निलम लेखक जोशीले भीमदत्तले अनुगमन लाई तिब्रता बढाएको बताउँदै उनले यसमा पालिका पछाडि नहट्ने र उपभोक्ता व्यवसाय कर्ताको मनोभावनाको कदर गर्दै स्थानीय ऐनमा टेकेर कामको थालनी गर्नुपर्ने बताईन । उनले आफ्नै बहिनी ज्वाँईको होटल पछाडी रहेको जेनेर र सेयर सापले आफ्नै घरको पहाड रहेको जेनेटर हटाउन लगाएर निष्पक्ष ईमान्दारितापुर्वक काम गरेको दावि गरेकी छिन ।

होटेल व्यवसायी संघ कञ्चनपुरका पुर्व अध्यक्ष जगदीश भट्टले खाद्य बस्तु वितरणमा विशेष जोड दिनु पर्ने बताए । अध्यक्ष रामचन्द्र रेग्मीले खाद्य स्वच्छ बस्तुमात्र बितरण गर्नुपर्ने बताए । उपभोक्ता लाई खाद्यान्न गुणस्तरीयमा जोड दिन होटेल व्यवसायीका अध्यक्ष रेग्मीले बताए।

हरेराम प्रधान कार्यालय प्रमुख खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका कार्यालय प्रमुख हरेराम प्रधानले आगामी दिनमा कार्यक्रम लाई प्रभावकारी रुपमा आमजनमानसमा पुग्ने गरि सार्वजनिक स्थलमा गर्ने समेत प्रतिबद्धता गरेका छन्।

तरकारीको विषादी विश्लेषण गर्दा त्यति नहुने गरेको र उपभोक्तले यसमा आफुले पनि सजकता अपनाउन समेत आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित