कार्तिक १०देखि खैरभट्टीमा डेनाईटी क्रिकेट प्रतियोगिता हुने

भाष्कर केसी/कञ्चनपुर, असोज ३० । कञ्चनपुरको भीमदत्त नगरपालिका खैरभट्टी गाँउमा डेनाईटी खुला क्रिकेट प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरपालिका १५ खैरभट्टीमा दोस्रो संस्करणको डेनाईटी खुला क्रिकेट प्रतियोगिता हुने भएको हो ।

संगम टोल विकास समितिको आयोजनामा लक्ष्मी माविको प्राङगणमा नगर स्तरिय डेनाईटी खुला क्रिकेट प्रतियोगिता हुने भएको हो । कार्तिक दोस्रो साता १० गतेदेखि टि–१० प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ ।

खैरभट्टीका स्थानीय युवा अगुवा एव खेल संयोजक शिशिर थापाले ८ कार्तिकसम्म टिमदर्ताको समय तोकिएको छ । ९ गते टाईसेट निकाल्ने र १० गतेदेखि उद्घाटन गर्ने कार्यक्रम गरिरहेको बताए ।

विजेता टिमलाई १ लाख, ११ हजार १११ रुपैया र उपविजेतालाई ५५ हजार ५सय ५५रुपैया नगद पुरस्कारका साथै मेडल, प्रमाण पत्र प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार प्रदान गरिनेछ । टिम दर्ताका लागि १५हजार रुपैया तोकिएको छ ।

खेल संयोजक थापाले यस अघि खैरभट्टी गाँउकै शिवपार्वती टोल विकास समितिले ०७८ सालमा आयोजना गरेको क्रिकेट प्रतियोगितामा २०टिम सहभागि रहेको बताउँदै अहिले विगत भन्दा बढी टिम सहभागि हुने अपेक्षा राखेका छन ।

‘अहिले हामीले पुरस्कार पनि अपग्रेट गरेका छौँ, प्रतियोगिता थप पुरस्कृत बनाउँछौँ, ‘उनले भने, ‘अधिकाँस प्रतियोगिता राती नै हुनेछन ।’
गाँउको खेलकुद विकासदेखि खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए । संयोजक थापाले भीनपा १५ र १८ सहितका सरकारी निकायमा समेत सहयोगका लागि पत्राचार गरिएको बताए ।

खैरभट्टीमै पहिलो संस्करणमा डेनाईट क्रिकेट प्रतियोगिता आयोजना गरेको शिवपार्वती टोल विकास समितिका अध्यक्ष तथा लक्ष्मी माविका अध्यक्ष बिरेन्द्र सिह साउदले प्रतियोगिताले गाँउको खेलकुद विकासदेखि क्रिकेट खेलाडीलाई आफ्नो कला क्षमता प्रर्दशनका लागि थलो बन्ने बताए ।

साउदले यस अघि भएको प्रतियोगिताका सिकाई समेत प्रयोग गर्दै प्रतियोगिता पुरस्कृत बनाईने बताए । संगम टोल विकास समितिका अध्यक्ष प्रजापती पाण्डेले ग्रामिण भेगतिर हुने खेलकुद प्रतियोगितामा सबै क्षेत्रबाट आवश्यक सहयोग गर्नुपर्नेमा जोडदिए ।

तीन बर्षपछि फेरी खैरभट्टीमा डेनाईटी क्रिकेट प्रतियोगिता हुने भएपछि स्थानीय खेलाडी, खेलप्रेमी उत्साहित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित