बेलडाँडीमा खेलमैदान निर्माणका लागि घरटहरा हटाउने सूचना बदर गरिदिन संर्घष समितिको माग

बेलडाँडी । बेलडाँडी गाउँपालिकाद्धारा खेलमैदान निर्माणका लागि घरटहरा हटाउने ३५ दिने सूचना बदर गरिदिन संर्घष समितिले माग गरेको छ । बुधवार बेलडाँडी गाउँपालिका वडा नं.२ स्थित गौडीमा रहेको अव्यबस्थीत बसोबासी, भुमिहिन सुकुम्वासी, भूमिहिन संर्घष समितिले न्यायिक समिति संयोजक तथा उपाध्यक्ष शान्ति नाथलाई एक ज्ञापन पत्र बुझाउदै २०८१ बैशाख १३ गतेको बेलडाँडी गाउँपालिका गाउँ कार्यपालिकाले गरेको निर्णय नं. ९, भाद्र १७ गतेको निर्णय नं.६ र असोज ६ गते घर टहरा हटाउने बारे ३५ दिने सूचना बदर गरि पुर्नर विचार गरिदिने माग सहित ८ बुदे माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।

खेलमैदान निर्माण गर्नका लागि भन्दै बेलडाँडी गाउँपालिकाले वडा नं.२ मा रहेको वन क्षेत्र खालि गर्ने सूचना प्रकाशित भएपछि त्यहा बसोबास गर्दै आएका स्थानीय लगायत संर्घष समितिले बस्ती नहाटाइदिन माग गर्दै आएको छ । संर्घष समितिले बेलडाँडीमा खेलमैदानका लागि प्रयाप्त ठाउँ हुदा हुदै बस्ती उठाएर स्थानीय सरकारले आफुहरुलाई अनावश्यक दुःख दिन लागेको आरोप लगाउदै आएका छन् ।

संर्घष समितिका संयोजक करन क्षेत्रीले लामो सयम देखि यो बस्तीमा बसोबास भएकाले राष्ट्रिय भूमि आयोगको २७ भाद्र २०८० को निर्णय कार्यान्वय गर्न आग्रह गरेका छन् । आयोगले १० बर्ष भन्दा अघि देखि कुनै संरक्षित क्षेत्रमा बसोबास गर्नेहरुको लगत संकलन सम्वन्धी कार्यविधि २०७८ को अनुसूची ३ र ४ बमोजिमको फारम भरेकाहरुको अनुमानित संख्या र त्यस्तो जंग्गाको क्षेत्रफल आकलन गरि आयोगमा ७ दिन भित्र पठाउने सूचनाबाट आफुहरुलाई पालिकाले बन्चित गरेको भन्दै सोही अनुसार लगत संकलन गर्न आग्रह समेत गरेका छन् ।

यस भन्दा पहिला खेलमैदानका लागि चवन्नी वजार पछाडीको खुल्ला मञ्चको डिपिआर तयार भइसकेको समितिले जनाउदै उक्त क्षेत्रमा खेलमैदान बनाउन सुझाव समेत दिएका थिए । समितिले स्थानीय सरकारले पेलेर जान खोजे त्यसबाट निम्तिने क्षतिको पुर्ण जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने भन्दै उक्त निर्णय तत्काल सच्याउन चेतावनी समेत दिएका छन् ।

यता बेलडाँडी गाउँपालिकाले संरक्षित ग्रिनबेल्टको पालिकाको आवश्यकता अनुसार बेलडाँडीका जनताको हित हुने गरी अघि बढेको जनाउदै आएको छ । पालिका प्रमुख हरिशचन्द्र रानाले बेलडाँडी गाउँपालिकामा अहिले सम्म खेलमैदान नभएकाले संरक्षण गरेर बस्तीको विचमा रहेको ग्रिनबेल्टमा खेलमैदानका लागि कार्यपालिकाले निर्णय गरेको बताएका छन् । उनका अनुसार तत्कालिन बेलडाँडी नगरपालिकाको दोस्रो नगरपरिषदले नगरपालिका भित्र रहेको ग्रिनबेल्ट एरियालाई संरक्षण र संर्वद्धन गरी हरियो बगैंचाको रुपमा विकास गर्ने निर्णय गरेको र यस भन्दा पहिलाको एमाले सरकारले समेत ग्रिनबेल्ट संरक्षणका लागि विभिन्न समयमा विभिन्न निर्णय गरि सकेकाले पालिकाको आवश्यकता अुनसार बेलडाँडीमा खेलमैदान बनाउन लागेको बताउनु भयो ।

बेलडाँडी र बेलडाँडीका जनताको आवश्यकता अनुसार यस सरकारले विभिन्न समयमा विभिन्न संरचना निर्माण कार्य गरिरहेकाले बेलडाँडीको सुन्दर भविष्य निर्माणका लागि सबैपक्षलाई सहयोग गर्न आग्रह गर्नु भयो । खेलमैदान निर्माण स्थलमा रहेका वास्तविक भूमिहिन सकुम्वासीको अस्थाई रुपमा व्यवस्थापन गर्ने जनाउदै उक्त क्षेत्र खाली गरेर बेलडाँडीको गौरवका योजनामा सहयोग गरिदिन सबैपक्ष संग आग्रह गर्नु भयो । रानाले यस भन्दा पहिलाका सर्वदलिय र स्थानीय सरकारले गरेका निर्णय बमोजिम बेलडाँडीको आवश्यकता अनुसार कार्य गर्न लागेको जनाइराखेका छन् ।

संर्घष समितिले खेलमैदानका कारण ९६ घरधुरी विस्तापित हुन लागेको जनाएको छ भने पालिकाले केहि परिवार विस्तापित हुन लागेको जनाएको छ ।
बेलडाँडीका अधिकांस स्थानीयले पालिकाको खेलमैदान बन्ने निर्णय स्वागतयोग्य भएको जनाउदै आएका छन भने त्यहा लामो समयदेखि बसोबास गर्नेहरुले आफुहरुमाथी अन्याय हुन लागेको जनाउदै आएका छन् । केहिले त्यहाँ बसोबास गर्नेहरुको उचित व्यवस्थापन गरिदिनुपर्ने जनाएका छन भने केहिले मनोगत तरिकले संरक्षण गरेर राखिएको जग्गा अतिक्रमण गर्नेहरुलाई कार्वाही गर्नुपर्ने समेत जनाउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित