आशिका तामाङको अभियानः सामाजिक अन्याय विरुद्धको आवाज

सामाजिक अभियन्ता आशिका तामाङले हालै केही दिनमै एकपछि अर्को गरेर जनचासोका मुद्दाहरूमा आवाज उठाउँदै आएकोमा चर्चा कमाएकी छिन् । उनले निर्माण गरेका केही भिडियोहरूले समाजका गम्भीर समस्याहरू उजागर गरेका छन् । जसका कारण सम्बन्धित निकायहरूलाई तुरुन्तै कारबाहीमा उत्रिन बाध्य बनाएको छ ।

उनले झुलुङ्गे पुलमा लिइने शुल्कको अन्यायलाई सतहमा ल्याएको थियो, जसका कारण सम्बन्धित निकायले तुरुन्तै उक्त स्थानमा पैसा नलिने व्यवस्था लागू गरेको छ । यसबाहेक, उनले पानीको अत्यधिक मूल्य लिने केही रेस्टुरेन्टहरूको बारेमा पनि सबैजनाको ध्यान केन्द्रित गरेको थियोे । उनले यी र यस्ता मुद्दामा तयार गरेको भिडियोले सम्बन्धित अनुगमन टोलीलाई तुरुन्तै त्यहाँ पुग्न र जरिवाना लगाउन बाध्य बनाएको थियो ।

यस्तै, उनले तरकारी बजारको अवस्थाको बारेमा बनाएको अर्को एउटा भिडियोले पनि व्यापक चर्चा पायो । उक्त भिडियोले बजारको मूल्य व्यवस्थापन, ढिलासुस्ती र व्यवस्थापकीय त्रुटिहरूलाई उजागर गरेको थियो । यसका साथै, अभियान्ता तामाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क र त्यससँग जोडिएका । जनताले भोगेका असुविधाहरूको बारेमा पनि आवाज उठाएकी छिन्, जसले जनतामाझ ठुलो असन्तुष्टि उत्पन्न गरिरहेका थियोे ।

आशिका तामाङको यी सबै कामले देशमा रहेका समस्याहरूलाई उजागर गर्न र निकायहरूलाई सचेत गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ । देश प्रणालीमा चल्न अप्ठ्यारो रहेको र जिम्मेवार निकायहरू समयमै काम नगर्दा नागरिकले लगातार समस्याहरू भोग्नुपरेको अवस्था छ । तामाङले आफ्नो अभियानबाट यस्तो स्थिति बदल्न भिडियोहरू निर्माण गरेर सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्न थालेकी छिन्।

तर, यसले एउटा गम्भीर सन्देश पनि दिन्छ कि जबसम्म सरोकारवाला निकायहरूले आफ्नो जिम्मेवारी इमानदारीका साथ पुरा गर्दैनन्, तबसम्म नागरिकहरूले आवाज उठाउन निरन्तर प्रयास गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित