कैलालीको टीकापुर विमानस्थल पुनः सञ्चालनको तयारी

कैलाली , सरकारले कैलालीको टीकापुर विमानस्थल पुनः सञ्चालनको तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टीकापुर विमानस्थल सञ्चालन गर्न सरकार पूर्ण रूपमा तयार रहेको बताएको छ ।

मन्त्रालयले एक पत्र लेख्दै विमानस्थल सञ्चालनका लागि स्थानीय तहबाट दुवैतर्फको बाटो बन्द गरी उचित सरसफाइ गर्ने व्यवस्था मिलाइदिन टीकापुर नगरपालिकालाई आग्रह समेत गरेको छ । शाखा अधिकृत अनिशा आचार्यद्वारा हस्ताक्षरित पत्रमा विमानस्थल मर्मतको लागि सडक बन्द गर्ने व्यवस्था मिलाउन नगरपालिकालाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित