बिकाश सिंह महता/कार्तिक ०३, सनिवार । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा दोस्रो संस्करण टि–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । बेलडाँडी युवा समाजले दोस्रो संस्करण क्रीकेट प्रतियोगिता २०८१ बेलडाँडी गाँउपालिका वडा नम्बर १ को लल्लरेडाँडा स्थित अल स्टार युवा ,मल्टी स्टार क्लब र रौलेश्वर मा वि को खेलमैदानमा प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ ।
“लागूपदार्थ बाट युवा हरू लाई टाढा राख्ने र खेल तर्फ युवा लाई आकर्षण गर्न” उद्देश्य र मुल नारा साथ शुभ दिपावलीको पावन अवसरमा बेलडाँडी युवा समाजले कार्तिक ०८गते देखी दोस्रो संस्करण टि-२० बेलडाँडी क्रिकेट मेला २०८१ आयोजना गर्ने तयारी रहेको बेलडाँडी युवा समाजका अध्यक्ष दिनेश राज भट्टले बताए।
उनका अनुसार प्रतियोगिताका खेलहरु तीन वटा खेलमैदान खेलहरु खेलाउने तयारी रहेको जनाए । बेलडाँडी गाउँपालिका वडा नम्बर १ स्थित अल स्टार,मल्टिस्टार र वार्ड न. २ स्थित रौलेश्वर माविको खेल मैदानमा खेल सञ्चालन गर्ने तयारी रहेको जनाउनु भयो ।
प्रतियोगिताको विजेता टिमले नगद नगद ५५ हजार ५ सय ५५ रुपैयाँका साथै ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छ भने उपविजेता टिमले २५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, प्रमाण पत्र र मेडलमा चित्त बुझाउने छन् ।
बेलडाँडी गाउँपालिका र बेलडाँडी खेलकुद समितिको संयोजकत्वमा बेलडाँडी युवा समाजले आयोजना गर्ने उक्त प्रतियोगितामा वडा नम्बर २ को कार्यालय सह–आयोजकको भूमिका निर्वाह गर्ने बेलडाँडी युवा समाजका सह–सचिव एवम् प्रतियोगिता संयोजक अमृत शाहिले बताउनु भयो ।
उनका अनुसार प्रतियोगितामा सहभागी टिमले दर्ता शुल्क ५ हजार ५ सय रहने जनाए । टिम दर्ताको अन्तिम मिति कार्तिक ६ गते साझ ६ बजे सम्मको समय रहेको छ । पहिलो संस्करणको उपाधी न्यू त्रिपुरा युवा क्लब पचूई भएको थियो । उप विजेता न्यू पृथ्वी क्लब पुनर्वास रहेको थियो ।
Discussion about this post