नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताका समुह चरणका खेल सुरु

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा राष्ट्रिय स्तरका बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । शनिबार वेदकोट नगरपालिका–८, गैलनदीमा नेपाल सरकारका पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रतियोगिताको उद्धघाटन गरे ।

बैजनाथ माध्यामिक विद्यालय गैलनदीमा प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनशिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता खेलहरु सञ्चालन भएका छन् । कार्यक्रमको पहिलो दिन तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताका समुह चरणका खेल सुरु भएका छन् ।

नोकोसको क्लासिकल खेल स्विस सिस्टम लिगमा आधारिक ६० मिनेट, प्लस ३० सेकेन्डप्रति चालको ९ राउण्डको हुनेछ । यस प्रतियोगिताका नौ खेलमा उच्चतम अंक प्राप्त गर्ने खेलाडीलाई विजेता घोषणा गरिने छ । नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा ६५ जना खेलाडी सहभागिता रहेको छ ।

नेपाल बुद्धिचाल महासंघ र काठमाण्डौँ स्पोटर््स एकेमेडीको आयोजना तथा वेदकोट नगरपालिका–८ कोे सह–आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित