बेलौरी । कञ्चनपुर टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा कैलालीकै दुई टिम भिड्ने भएका छन् । आइतवार सम्पन्न हुने फाइनल खेल सुदूरपश्चिम होस्टेल धनगढी र मालिकार्जुन हार्डवेयर अत्तरिया बीच हुने समारोहमा सुदुरपश्चिमका दुई चर्चित कलाकार आउने भएका छन ।
बेलौरी नगरपालिका-१० स्थित शिवनगरको शिद्वेश्वर मा.वि को खेल मैदानमा भोलि आइतबार हेमराज अधिकारी (खन्ट्या खलास) र लाल बहादुर धामी अछामी (बड्डो) आउने भएका हुन । असोज २४ गते देखि शुरु भएको प्रतियोगिता आईतबार समापन हुनेछ । समापन समारोहमा दुवै कलाकारहरुको प्रस्तुति रहने खेल सञ्चालक समिती संयोजक दिपक खड्काले बताए ।
बिहान ११ बजेदेखि फाइनल खेल हुने छ । त्यसै बिचमा कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । असोज २४ गतेदेखी कार्तिक ४ गतेसम्म सन्चालन हुने प्रतियोगितामा १६ टिम सहभागी थिए ।
प्रतियोगिताको विजेता टिमलाई १ लाख र उपबिजेता टिमलाई ५० हजार नगद सहित ट्रफी प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरिज हुने खेलाडीले १० हजार सहित ट्रफी तथा बेस्ट ब्यटसम्यान र बलरलाइ ५ हजार सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
Discussion about this post