समृद्धिका सपना आफुले चुवना जिते व्यावहारमा ढाल्छु, प्रदेश सदस्यका उम्मेदवार ः धिरज विक्रम सिंह

88
VIEWS

बेलडाँडी,
आसन्न मंसिर ४ गते हुने निर्वाचन युवाका लागि ऐतिहासिक अवसर भएको कञ्चनपुर क्षेत्र नं.१ “ख” प्रदेश सभा सदस्यका उम्मेदवार धिरज बिक्रम सिंहले बताएका छन् ।

सिंहले भने “ अन्य पार्टीहरु र गठवन्धन भित्र राजनीतिक विचलन देखिएकाले यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टीलेका उम्मेदवारलाई जिताउन आवहान गर्नु भयो । अहिलेको राजनीति दुई ध्रुवमा विभाजित भएको बताउँदै यस क्षेत्रका लागि तेस्रो धु्रवमा रहेका युवालाई जनताले भोट हाल्ने बताउनु भयो ।” देश भर युवाहरु प्रति लोकप्रियता झन्झन् बढ्दै गइरहेको उल्लेख गर्दै यस पटक बेलडाँडी-बेलौरीका आम मतदाताहरुले हलो चुनाव चिन्हमा मतदान गरी सपनाको समृद्धिलाई व्यवहारमा आफुले ल्याउने बताएका छन् ।

सपनाको मात्रै आर्थिक विकास र सम्वृद्धिको नाराले दिएको सन्देश अनुसार यदि देशमा विकास र सम्वृद्धि ल्याउनु छ भने भ्रष्टाचारी, चोर, गुण्डा, बिचौलिया, कमिसनखोरी, आर्थिक विकास र सामाजिक विकृति सुधारको मखुण्डो भित्र छिपेर धर्म, समाज र संस्कृति धमिल्याउने, बिगार्ने र विखण्डन गर्ने तत्वहरुलाई निर्मुल पारे देश आफै समृद्धि तिर धकेलिने बताए ।

उनी भन्छन् “केहिनगरी यो संसार बाट भौतिक शरीर लाई विश्राम लिने छुटकसैलाई छैन । नेपालमा बिहे गरेको दोस्रो दिन श्रीमतीको साथ छोडेर आमाले पकाएको भातको गाँस छोडेर विदेशीनु पर्ने, त्यही युवाले कमाएर ल्याएको रेमिटेन्सबाट देश चलाउनु पर्ने, बाटाको चप्पल लगाएर काठमाडौँ छिर्ने बंगला र पजेरो त्यही युवाले कमाएको धनको आडमा बेबस्थागर्ने । त्यही रेमिटेन्समा निर्भर भै भ्रष्टाचार गर्नुपर्ने व्यवस्थाका विरुद्ध दलीय तानाशाही भन्दा माथि उठी नेपाल आमालाई आत्मनिर्भर बनाउनका निम्ति युवा जागरुक हुन आवश्यक छ । साथै विदेशमा हाम्रो देशको ठूलो युवा जनशक्ति रहेकोले चाँडोभन्दा चाँडो युवा जनशक्तिलाई नेपालमै बसेर काम गर्ने वातावरण बनाउन र कसैको दासत्व स्वीकार नगरि अब नेपाली जनताले निर्णायक मत लिन आवश्यक छ । एक पटक मौका नेपाली जनताले दिनुपर्यो आमाको कसम खाएर भन्छौ । देश बनाउने र बचाउने जिम्मा हाम्रो हो हामीले लिनु पर्छ भन्दै सिंह चुनावी मैदानमा होम्मिएका छन् ।”

 

विकासको नाममा नेताको स्वार्थ र महत्वकांक्षा पुरा गर्न र जनताको आँखामा विकासको छारो हाल्न सार्वभौम राष्ट्रको सिमाना जोगाउन मिचिएका सिमानालाई सच्याउने र हराएका सीमा स्तम्भहरुलाई साविक स्थितिमा पुर्ननिर्माण गर्ने जस्ता अरु विविध समस्याहरु सुल्झाउँदै देशलाई विकास र सम्वृद्धितिर युवाले मात्र डो¥याउन सक्ने बताउनु भयो । सिंहलाई यस क्षेत्रका परिवर्तनकारी युवाको साथ रहेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार