बेलडाँडी, ६ कार्तिक । कञ्चनपुरको लालाझाडी गाउँपालिका–४, सिकलपट्टी जाईमा हात्तीको बथानले १ विघा भन्दाबढी उखुखती सखाप पारेको छ । गए राति करिब १२ बजेको समय तिर बस्ती पसेको हात्तीको बथानले स्थानीय भरत चौधरीको १ विघा भन्दा बढी उखीखेती खाई कुल्चिदिएर सखाप पारिदिएको छ ।
हात्ती भगाउनकै लागि यहाँका स्थानीय रातभर जाग्राम बस्ने गरे पनि बथानै बस्तीमा पसेर उखु नाश गरिएिको चौधरीले दुखेसो पोखेका छन् । ‘दिन विराउदै हात्तीको बथान बस्तीमा पसरे अन्यबालीनाली समेत खाइदिने गरेको बताए ।,’ उनले भने, ‘हात्तीले यहाँ हैरान गरेको छ स्थानीयले सुत्न पाएका छैनन् ।’
भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली हात्तीको बथानले गाउँ पसेर धानबाली र उखुबालीमा नोक्सान गर्न थालेपछि हात्ती भगाउन यहाँका स्थानीय रातभर जाग्राम बस्न थालदा केहिदिन पहिला हात्तीको आक्रमणा परि एक जना रानाले ज्यान गुमाएका थिए ।
हात्तीले हरेक वर्ष यहाँ घरखेतमा नोक्सान गर्ने गरेको उनीहरुको भनाई छ । लालाझाडीका किसानहरुका अनुसार ‘धान र उखु सबै सखाप पारिसक्यो घरमा पस्ने डरले रातभर जाग्राम बस्ने गरेको बताए ।,’
Discussion about this post