लाल ब. एसके/पुनर्वास,
आसन्न मंसिर ४ लाई लक्षित गरी नेकपा एमाले क्षेत्र नं.१ ले चुनावी माहोल तताएको छ । आज पुनर्वास वडा नं.५ को सम्पर्क कार्यालय उदघाटन गर्दै एमालेका प्रतिनिधी सभा र प्रदेश सभा सदस्यका उम्मेदवारलाई भोट दिलाउनका लागि नेता कार्यकर्ताहरुले मोहोल तताएका छन् ।
प्रतिनिधी सभाका उम्मेदवार तारालामा तामाङ, प्रदेश “क” सभा सदस्य पदका उम्मेदवार वीर बहादुर थापा र “ख” पल्लबराज भट्ट एमालेका तर्फबाट चुनावी मैदानमा होमिएका छन् । लोकतान्त्रिक बामगठवन्धको संज्ञा दिएका २ पार्टीमा एकआपसमा मनमुटाव रहेकाले बाजी एमालेको पक्षमा भएको एमाले नेताहरुको भनाई छ । पुनर्वास र लालझाडीमा एमालेका नेता कार्यकर्ताहरुले तारालामा तामाङ र वीर बहादुर थापा जिताऔं अभियानाई तिव्रता दिएका छन् भने बेलौरी-बेलडाँडी प्रचार प्रसार समितिका संयोजक अक्कल बहादुर बिष्टले तारालामा तामाङ र पल्लब राज भट्टलाई जिताउनका लागि कम्मर कसेर लागेका छन् ।
प्रतिनिधी सभाका उम्मेदवार तामाङले यस क्षेत्रका जनाताले एकपटक धोका खाएकाले यसपटक जनता सचेत भएको बताउदै आफ्नो पक्षमा जनताले मतदान गर्ने जनाएका छन् ।
एमाले प्रदेशका उम्मेदवार थापाले निर्वाचन क्षेत्रको बृद्धि विकासका लागि आफ्नो उम्मेदवारी दिएको भन्दै यस पटक सहयोगका लागि अपिल गरेका छन । वडा कार्यालय उदघाटन कार्यक्रममा पुनर्वासका एमाले नेता कार्यकर्ता सहभागि भएको एमाले पुनर्वास नगरले जनाएको छ । पुनर्वासबाट शुरु भएको अभियान निरन्तर संचालन गरिने एमाले नेताहरुले बताएका छन ।
कंचनपुरमा लोकतान्त्रिक बाम गठबन्धन र नेकपा एमाले बिचमा कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।
Discussion about this post