बेलडाँडी,
आसन्न मंसिर ४ गते हुने निर्वाचनमा गोप्य मत आफुलाई दिने प्रदेश ख तर्फका स्वतन्त्र उम्मेदवार टेक साउदले दावी गरेका छन् ।
साउदका अनुसार अहिले सम्म कुनै लोपविलोपमा नफसेको र समाजिक कार्यमा निरन्तर रहेको जनाउदै यस क्षेत्रका जनताले आफुलाई भोट दिनेमा ढुक्क रहेको बताए । जनता पार्टीले पठाएका उम्मेदवार देखेर वाक्क भएको अवस्थामा आफुलाई मतदाताले बहुमत दिने दावी गर्नु भयो ।
पार्टीका नेताले कुनै विकास या स्वतन्त्र भएर कामै गर्न नसक्ने भएकाले आफुले स्वतन्त्र भएर उम्मेदावर बन्न खोजेको बताए । देशमा अहिले स्वतन्त्रमय बन्ने लहर चलेकाले सबै पार्टीका साथीभाइहरुले समेत आफुलाई भोट दिनेमा विश्वस्त रहेको साउदले बताए ।
लालटिन चुनाव चिन्ह लिएर प्रदेश सदस्य पदका उम्मेदवार बनेका साउदलाई बेलौरी-बेलडाँडीका ४९ हजार ४ सय ५८ मतदाताहरु मध्ये बहुमत मतदाताहरुले प्रदेशमा लालटिनमा छाप लगाउने दावी गर्नु भयो । साउदले भोट माग्न जानु भन्दा पहिला भागवानलाई साक्षी राखेर भ्रष्टचार गर्ने छैन भनि सपथ खाएका कारण उनलाई जिताउनु पर्छ भन्ने मतदाताहरुको मनसाय छ । बेलौरी-बेलडाँडी विकासका निमित्त आफुले योजना बद्धतरिकाले विकास गर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा साउदका समर्थकहरुले व्यापक प्रचार प्रसा अभियान चलाएका छन् । तिहार बाहिर यसलाई ठुलोरुप दिने उनीहरुले बताएका छन् । आस्था विचारलाई थाति राखेर एकपटक स्वतन्त्र उम्मेदवारलाई जिताउनु पर्ने समर्थकहरु भनाई छ ।
Discussion about this post