क्षेत्र नम्बर १ स्तरिय उग्रतारा बि.बि.सी ब्याडमिन्टन प्रतियोगिता सुरु

माधब पौडेल,०९ कार्तिक। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ मा क्षेत्र नम्बर १ स्तरिय उग्रतारा बि.बि.सी ब्याडमिन्टन प्रतियोगिता शुक्रबार उद्घाटन भएको छ।

सभापतिमा बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष अशोक श्रेष्ठ प्रमुख अतिथि बेलारी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी, विशिष्ट अतिथि बेलौरी नगरपालिका वडा नम्बर का वडाध्यक्ष अर्जुन ढकाल,वडा नम्बर ६का वडाध्यक्ष भोजराज चौधरी, वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ,वडा नम्बर ९ का वडाध्यक्ष किसन सिंह राना, सशस्त्र प्रहरी बल प्रस्ताविक गुल्मका गुल्मपति प्रमुख सन्दिप अर्याल,इलाका प्रहरी कार्यालय बेलौरिका नायव निरीक्षक देव बहादुर बुडाल, महालक्ष्मी विकास बैंकका शाखा प्रमुख हेम बहादुर बोहरा,अतिथिमा सुदुर पश्चिम इटा व्यवसायी संघका अध्यक्ष बलदेव सिंह बुडाल,श्रीपुर खानेपानी तथा सरसफाई समितिका अध्यक्ष गोविन्द प्रसाद सापकोटा लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक,समाजसेवी, बुद्धिजीवी खेलकुदप्रेमी,स्थानिय संचारकर्मीको उपस्थिति रहेको छ।

कार्यक्रममा स्वागत मन्तव्य बेलौरी बेडभेन्टिन क्लबका सल्लाहकार सदस्य दिनेश कुँवर र उग्रतारा बाल विद्यालयका सहायक प्रिन्सिपल ईश्वर रिजालले गर्नुभएको थियो।क्षेत्र नम्बर १ स्तरिय ब्याडमिन्टन प्रतियोगितामा २४ टिमको सहभागीता रहेको बेलौरी क्लबका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिनुभयो। कार्यक्रममा प्रथम हुने टिमलाई नगद ३३हजार ३सय ३३रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई नगद रु २२हजार २सय २२रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमलाई नगद ११हजार १सय ११ रुपैयाँ र ट्रफी मेडल प्रमाणपत्र प्रदान गरिने समेत अध्यक्ष श्रेष्ठले बताउनुभयो।

कार्यक्रममा बोल्दै बेलौरी नगरपालिका नगर प्रमुख पोतिलाल चौधरीले ब्याडमिन्टन क्लबको कभर्ड निर्माण कार्यका लागि नगरपालिका कार्यालयले पनि सहयोग गर्ने बताउँदै खेलकुदका लागि नगरपालिकाले विगतदेखि नै सहयोग गर्दै आईरहेको समेत बताउनुभयो। नगरप्रमुख चौधरीले विकास निर्माणका सबै काममा मिलेर जानुपर्नेमा जोड दिनुभयो। कार्यक्रमको समापनमा बाेल्दै अध्यक्ष अशोक श्रेष्ठले कार्यक्रममा उपस्थिति हुनुभएका सम्पूर्ण लाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

प्रतियोगिता बेलौरी नगरपालिका वडा नम्बर ४ को उग्रतारा बाल विद्यालयको ब्याडमिन्टन हलमा सञ्चालन भएको छ। कार्यक्रमको सहजीकरण उग्रतारा बाल विद्यालयका प्रिन्सिपल केशव सिंह बिष्टले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित