बेलडाँडी । राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन जारी राख्ने निर्णय अनुसार कञ्चनपुरको डोकेवजार देखि बेलडाँडी सम्म मोटरसाईकल ¥याली निकाल्ने तयारी गरेको छ । आन्दोलन स्थगित बारे केहि सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नभएको जनाउदै रास्वपाले प्रदर्शन जारी राख्ने जनाएको छ ।
राजनीतिक प्रतिशोधका आधारमा सभापति रवि लामिछानेलाई पक्राउको विरोधमा निरन्तर प्रदर्शन गर्दै आएको रास्वपाले देशभर हुने आन्दोलनलाई थप सशक्त बनाउने स्वरुपका बारेमा छलफल जारी रहेपनि देशका विभिन्न जिल्लाहरुमा भने प्रदर्शन तथा मोटरसाइकल ¥याली सहित आन्दोलन घोषणा गरेको छ ।
सोही बमोजिम आज शनिबार मोटरसाईकल ¥याली सहित डोकेबजार देखि बेलडाँडी सम्म प्रदर्शन हुने रास्वपा बेलडाँडी सभापति तेज सिंह धामीले जनाकारी गराउनु भयो । उनका अनुसार डोकेबजार बाट ११ बजे मोटरसाईकल ¥याली निकालेर बेलडाँडी पुगेर प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाए । यस्तै महेन्द्रनगरमा भोलि आइतबार विशाल ¥याली गर्ने जनाइएको छ ।
Discussion about this post